सान फ्रान्सिस्कोमा घरभित्रै बस्न आदेश : यसको अर्थ के हो ? उल्लंघन गरे के हुन्छ ?


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा सोमबार रातीदेखि घरभित्र बस्न आदेश दिइएको छ । कोरोना संक्रमणबिरुद्ध लड्न आगामी अप्रिल ७ सम्मका लागि यस्तो आदेश दिइएको हो ।

यो आदेश सान फ्रान्सिस्को, सान माटेओ, मरिन, सान्ता क्लारा, कोन्ट्रा कोस्टा, अल्मेदा काउन्टी र बर्कलीमा लागु हुनेछ । यो आदेश अनुशार त्यस क्षेत्रका अधिकांश ब्यापारहरु बन्द गरिएका छन् ।

अब त्यसक्षेत्रमा घरमा साथीहरुलाई बोलाएर डिनर पार्टी गर्न पाइनेछैन । त्यस्तै शैलुन वा बार्बरकोमा गएर कापाल काट्न, मेनिकेयर गर्न पाइनेछैन । धार्मिक स्थलमा जम्मा हुन पाइने छैन, यस्ता धार्मिक कार्यहरु घरमै, फोन वा भिडियोबाट गर्नुपर्नेछ ।

भ्याकेसनमा अरु क्षेत्रमा जान पाइने छैन । यदि घर छाडेर भ्याकेसनमा बाहिर गएको खण्डमा तोकिएको अवधिसम्म घरमा आउन दिइनेछैन । जिम र हेल्थक्लबहरु बन्द गरिएको छ । त्यहाँ जान अनुमति छैन ।

त्यस्तै भित्र वा बाहिर रहेका स्वीमिङ पुलहरुमा पौडन अनुमति छैन । तर निजी पुल वा बाथ टब, हटटबमा भने नुहाउन कुनै रोक लगाइएको छैन ।

आफ्ना बालबच्चाहरुलाई न्यानीसँग छाड्न अनुमति छैन । तर न्यानी घरमै बस्ने भएको खण्डमा वा बच्चालाई स्वास्थ्य सेवा आवश्यक भएको खण्डमा भने छाड्न सकिनेछ । त्यस्तै बाबुआमाले घरबाहिरबाट स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्नुपर्ने अवस्था भएमा पनि उनीहरुलाई बच्चालाई न्यानीसँग छाड्न सक्नेछन् ।

रेष्टुरेण्टहरु बन्द गरिएकाले त्यहाँ गएर खान अनुमति छैन । तर टेकआउट वा डेलिभरी भने गर्न सकिनेछ ।

पार्कमा जान, कुकुर डुलाउन अनुमति छ तर तपाई हरेक व्यक्ति ६ फिटको दुरीमा हुनुपर्छ । बैंकमा गएर पैसा निकाल्न अनुमति छ तर अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ ।

एक्लै खेल्ने खेलहरु खेल्न अनुमति छ । तर समुहमा खेल्ने खेलहरुका लागि अनुमति छैन । ग्रोसरी स्टोर, पसल ग्यास स्टेशन, बैंक लगायतका स्थानमा जान अनुमति छ ।

हुलाकहरु पनि खुल्ला रहेछन् । चिठीपत्रको काम गर्न अनुमति छ ।

ट्याक्सी, उबर लगायतका साधन प्रयोग गर्न अनुमति छ । तर अत्यावश्यक कामका लागिमात्र प्रयोग गर्न अनुमति छ । सामान किन्न जान वा अत्वाश्यक काममा यसको प्रयोग गर्न सकिन्छ । तर साथीको घरमा जान, पार्टीमा जान, पार्कमा जान भने यसको प्रयोग गर्न अनुमति छैन ।

यदि कसैले आदेशको उल्लंघन गरेमा कैद सजाय वा जरिवनाको समेत व्यवस्था रहेको छ । किनभने आदेश कानुनी रुपमा नै कार्यान्वयन गर्नका लागि दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com