दर्जनौँ स्वास्थ्यकर्मीले राजीनामा दिए 


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

कोभिड–१९ संक्रमितको उपचार गर्नुपर्ने भनिएपछि बुल्गेरियाको राजधानी सोफियामा रहेका दुई अस्पतालका दर्जनौँ स्वास्थ्यकर्मीले राजीनामा दिएका छन् ।

बुल्गेरियाको संसदले मुलुकमा संकटकाल लागू गरेको केही दिनसम्म पनि स्वास्थ्यकर्मीलाई सुरक्षात्मक गियर र उपकरणहररू उपलब्ध नगराएको भन्दै उनीहररूले राजीनामा दिएका हुन् ।

ती अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्ने सरकारको निर्णयपछि सोफियाको दोस्रो सिटी अस्पतालका डाक्टर कामेलिया बाचोभस्कासहित ८४ जना स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् ।

अस्पतालमा संक्रामक रोगविरुद्ध लड्ने गरी सरसफाइ गर्ने क्षमता र उपकरण पनि छैन, अधिकांश चिकित्सक तथा नर्सहररू अवकाश भएपछि पनि काम गरिरहेका छन्, उनीहरू विनासुरक्षा बिरामीको उपचार गर्न डराएको डा. बाचोभस्काले बताइन् ।

स्वास्थ्य मन्त्रालयका प्रमुख स्वास्थ्य निरीक्षक डा. एङ्गेल कुन्चेभले सरकारले स्वास्थ्यकर्मीको सुरक्षा र सम्भावित महामारी नियन्त्रणका लागि उपयुक्त कदम चालेको बताएका छन् । बुल्गेरियामा अहिलेसम्म करिब एक सयजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com