कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको निधन !
प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार
स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट दु:खद मृत्यु भएको छ । ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको उनका भाइ हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टि गरेको छ ।
मारिया टेरेसाका आफ्नै सन्तान नभए भाञ्जा-भाञ्जीको सहारामा रहेकी थिइन् । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेली मेलले बताएको छ । स्पेनको बौर्बन-पर्मा राजवंशमा काेराेनाका कारण पहिलाे मृत्यु भएकाे हाे ।
मारियाकाे जन्म भने फ्रान्सको पेरिसमा भएको थियो । मारियाका ६ भाइबहिनी रहेका छन् । उनले आफ्नो युवा अवस्था म्याड्रिडमा बिताएकी थिइन् ।मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । तर उनी निकाे हुनुकाे सट्टा संसार छाेडेर गइन् ।
यसअघि बेलायतका राजकुमार चार्ल्सलाई समेत कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको थियो । उनी हाल स्कटल्याण्डस्थित आफ्नो घरमा आइसोलेसनमा छन् । केरोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९८२ पुगेको छ भने संक्रमतिको संख्या ७३ हजार नाघको छ ।