न्युयोर्कमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान अप्रिल १५ सम्म रोक
प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार
न्युयोर्कमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान अप्रिल १५ सम्म रोक लगाइएको छ । अत्यावश्यक बाहेकका अन्यले अप्रिल १५ सम्म घरबाटै काम गर्न सक्नेछन् ।
न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले अप्रिल १५ सम्मका लागि ‘पज’ लम्बाउने घोषणा गरेका हुन् । सीडीसीले न्युयोर्क, न्युजर्सी र कनेक्टिकटका बासिन्दालाई ट्राभल एड्भाइजरी जारी गरेको भोलिपल्ट कुमोको घोषणा आएको हो ।
यी तीन राज्यमा ७० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या १२ सय नाघेको छ ।
कुमोले आइतबार दिउसो पज अवधि लम्बाउने घोषणा गरेका हुन् । जसमा विजनेशहरु खोल्न प्रतिबन्ध लगाइएको छ भने जमघट हुनमा समेत रोक लगाइएको छ ।
न्युयोर्क राज्यमा मात्र मृतकको संख्या एकहजारको नजिक पुगिसकेको छ । न्युयोर्कमा बिरामीहरु अस्पतालमा भर्ना हुने दर पनि शनिबार बढेको थियो ।
सीडीसीले न्युयोर्क, न्युजर्सी र कनेक्टिकटका बासिन्दाहरुलाई १४ दिन अन्य राज्यमा अत्वाश्यकबाहेकका यात्रा नगर्न यात्रा सुझाव जारी गरेको छ । ट्रम्पले न्युयोर्कलाई क्वारेन्टाइन गर्ने बताएपनि सीडीसीले भने यात्रा सुझावमात्र जारी गरेको हो ।
न्युयोर्कमा नियम नमाने ५ सय जरिवाना
न्युयोर्क सिटीमा सामाजिक दुरी कायम नगर्नेहरुलाई ५ सय डलर जरिवाना गरिने भएको छ । न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कोरोना भाइरसको महामारीबिरुद्ध लड्न सामाजिक दुरी कायम गर्न नमान्नेहरुलाई ५ सय डलर जरिवाना गरिने बताएका छन् ।
जरिवानाको रकम २५० डलरदेखि ५ सय डलरसम्म हुने बताइएको छ । मेयरले भनेका छन् तपाईहरुलाई बारम्बार चेतावनी दिइएको छ । यदि कसैले सुन्दैन भने त्यो व्यक्ति जरिवानाको भागिदार हुनेछ ।
मेयर ब्लाजिओले सिटीका पार्कहरु र खेलमैदानहरु भने खुला नै राख्ने बताएका छन् । न्युयोर्क सिटीमामात्र कोरोना संक्रमितको संख्या ३२ हजार नाघेको छ भने मृतकको संख्या ६७८ पुगेको छ ।
अमेरिकाभर सामाजिक दुरीको नियम अप्रिल ३० सम्म
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभरका लागि सामाजिक दुरी कायम गर्नुपर्ने गाइडलाइनलाई अप्रिल ३० सम्मका लागि लम्बाउने घोषणा गरेका छन् । कोरोना संक्रमण फैलिन नदिन अप्रिल ३० सम्मका लागि सामाजिक दुरीको नियम कायम राख्ने उनले बताएका छन् ।
आगामी दुईसाता मृत्युदर उच्च हुने र त्यसपछि जुन १ सम्म मुलुक रिकभरको बाटोमा जाने ट्रम्पले बताएका छन् । जुन १ सम्म धेरै राम्रा कामहरु हुने उनले बताएका छन् ।
कोरोना अपडेट
देश
|
मृत्यु
|
संक्रमित
|
निको भएका
|
---|---|---|---|
नेपाल
|
०
|
5
|
1
|
संयुक्त राज्य अमेरिका
|
2,475
|
141,812
|
4,435
|
चीन
|
3,300
|
81,439
|
75,448
|
इटाली
|
10,779
|
97,689
|
13,030
|
स्पेन
|
6,803
|
80,110
|
14,709
|
हाल
|
33,956
|
721,370
|
151,004
|