नेपाल सरकारका तर्फबाट सहयोगका लागि अमेरिकामा कोरोना प्रभावित नेपालीले भर्नुपर्ने फर्म


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

नेपाल सरकारका तर्फबाट सहयोगका लागि अमेरिकामा कोरोना प्रभावित नेपालीले भर्नुपर्ने फर्म सार्वजनिक गरिएको छ । नेपाली महावाणिज्यदूतावास न्युयोर्कले अमेरिकामा रहेको नेपाली दूतावास, कन्सुलेट वा समुदायबाट सहयोग आवश्यक पर्ने कोरोना प्रभावितहरुलाई फर्म भर्न सुझाव दिएको छ ।

फर्म भर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

अमेरिकामा दिनप्रतिदिन नेपालीहरुमा कोरोना संक्रमणका खबरहरु आइरहेका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणपछि कैयन नेपालीहरु भने उपचारपछि घर फर्किसकेका छन् ।

सबैभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएका न्युयोर्क, न्युजर्सी, क्यालिफोर्निया लगायतका राज्यमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ । अझ त्यसमा पनि न्युयोर्कभित्र मुख्य प्रभावित क्वीन्स नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो । क्वीन्समा मात्र नेपालीका दर्जनौं रेष्टुरेण्ट र व्यवसायहरु संचालनमा रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com