नेपालमा जम्मा १६ सय ५६ को कोरोना परीक्षण !


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक चीनको वुहानबाट नेपाल आएका एक विद्यार्थी कोरोना भाइरसको संक्रमण भेटिएको गत माघ १० गते पुष्टि गरेको थियो । पहिलोपटक कोरोना भेटिएका ती युवा भने उहिल्यै निको भइसकेका छन् ।

त्यसयता दुई महिनाभन्दा बढी समय बित्दा पनि परीक्षण दर भने झिनो रहेको छ । नेपालले देशव्यापी लकडाउन गरेकाे पनि २ साता पुग्न लाग्याे । यस अवधिमा शंस्कास्पदकाे व्यापक परीक्षण गर्न जनस्वास्थ्य विज्ञ तथा विश्व स्वास्थ्य संगठन समेतले सुझाउँदै अाएका छन् ।

आइतबारसम्म नेपालमा १,६५६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये १,६३३ जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

हाल कोरोनाको आशंकामा ११३ जनालाई आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएका ९ मध्ये ८ जनालाई पनि आइसोलेसनमा अलग्गै राखेर उपचार भइरहेको मन्त्रायले जनाएको छ ।

पहिलाेपटक स्थानीय स्तरमै काेराेना संक्रमण भएकाे पुष्टि मन्त्रालयले शनिबार गरेकाे थियाे । धनगढीमा यसअघि कतारबाट फर्किएका युवक (जसमा काेराेना संक्रमण देखिएकाे थियाे) का नातेदारमा पहिलाे स्थानीय संक्रमण भएकाे देखिएकाे हाे । अन्य सबै संक्रमण भने विदेशबाट नेपाल फर्किनेहरूमा मात्रै देखिएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com