लकडाउन फेरि थपियो, राष्ट्र बैंकको गभर्नरमा अधिकारी नियुक्त


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।

यसैबीच सरकारले पछिल्लो पटक थपेको लकडाउनको समायावधि भोलि मंगलबार राति १२ बजे समाप्त हुन अघि पुनः बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com