ड्युटीमा खटिएका सशस्त्र प्रहरीका डीएसपीसहित १२० जना क्वारेन्टीनमा


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका, हेल्थ डेस्क तथा नियमित ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित १२० कर्मचारीलाई क्वारेन्टीनमा राखिएको छ ।

उनीहरुलाई ज्वरो तथा रुघाखोकी देखिएपछि क्वारेन्टीनमा राखिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता प्रविणकुमार श्रेष्ठले पुष्टि गरे ।

क्वारेन्टीनमा बस्नेमा सुदूरपश्चिक प्रदेमा खटिने बढी छन् । सुदूरपश्चिम प्रदेशमा खटिएका ९६ जनालाई क्वारेन्टीनमा राखिएको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै, प्रवक्ता श्रेष्ठका अनुसार १ नम्बर प्रदेशमा १७ जना, २ नम्बरमा १, बागमती प्रदेशमा ५ र कर्णाली प्रदेशबाट १ जनालाई क्वारेन्टीनमा राखिएको छ ।

‘क्वारेन्टीनमा राखिएका सबैको आवश्यक स्वास्थ्यपरीक्षण पनि भइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि अवस्था हेरेर काममा खटाइनेछ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com