बाहिर निस्कन सक्नुभएन ? न्युयोर्कमा स्थानीय सरकारबाट निशुल्क खाना डेलिभरी


प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार

यदि तपाई न्युयोर्क सिटीमा बस्नुहुन्छ तर खाना लिनका लागि घरबाहिर जान नसक्ने अवस्था छ भने न्युयोर्क सिटीले अब तपाईकै घरमा खाना डेलिभरी गर्ने भएको छ । यदि तपाई घरबाहिर जान सक्नुहुन्न र तपाईका लागि कसैले पनि खाना ल्याइदिन सक्दैन र तपाई नीजि डेलिभरीका विकल्पहरु प्रयोग गर्न सक्नुहुन्न भने न्युयोर्क सिटीले आगामी दिनमा तपाईको घरमै आपतकालिन खाना डेलिभरी गर्ने भएको छ ।

मेडिकल जोखिमका कारणले बाहिर निस्कने अवस्था नभएमा, खानाको डेलिभरी र ग्रोसरी डेलिभरीका लागि आर्थिक रुपमा कमजोर भएमा, मिल अन ह्वील्स जस्ता खाना प्रदायकबाट खाना प्राप्त नगरेको खण्डमा तपाईले खानाका लागि अर्डर गर्न सक्नुहुनेछ । तपाईले ४८ घण्टाभित्र दुईदिनको खाना प्राप्त गर्नुहुनेछ । एउटा व्यक्तिले दिनको दुईछाकका दरले खाना प्राप्त गर्नेछ भने एउटा घरभित्र ८ वटा भन्दा धेरै खाना प्राप्त हुनेछैन ।

विहान ११ बजेपछि अर्डर गरिएको खाना प्राप्त हुन तीनदिनसम्म लाग्नसक्नेछ । तर विहान ११ बजेभन्दा अगाडि अर्डर गरिएको खाना २ दिनमा प्राप्त हुनेछ । यदि तपाईलाई यसबारेमा थप जानकारी चाहिएमा ३११ मा फोन गर्न सक्नुहुनेछ । फोन गरेर गेट फुड भन्नुपर्छ ।

तपाईले अनलाइनमार्फत पनि खाना अर्डर गर्न सक्नुहुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोला । यो लिंकमा दिइएको बक्समा चेक गरिसकेपछि तपाईले क्रियट एकाउन्टमा क्लीक गरेर एकाउन्ट बनाउनुहोला । त्यसपछि तपाईले खाना अर्डर गर्न सक्नुहुनेछ ।

यदि तपाई घरबाहिर निस्कन सक्नुहुन्छ भने निशुल्क खाना प्राप्त गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com