बेरोजगार विमाको आवेदन पूरा गर्न ‘प्राइभेट कलर’बाट आएको फोन उठाउन सुझाव


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

बेरोजगार विमाको आवेदन पूरा गर्न प्राइभेट कलरबाट आएको फोन उठाउन न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ । न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले अपूर्ण रहेका आवेदनका सन्दर्भमा आवेदकहरुलाई कलब्याक गर्न सुरु गरेको छ ।

आवेदन सब्मिट गरिसकेपछि फोन गर्न सुझाव दिइएका आवेदकलाई अहिले फोन नगर्न भनिएको छ । उनीहरुलाई पनि डिपार्टमेन्ट अफ लेवरले नै कलब्याक गर्नेछ । लेबर कमिश्नर रोबेर्टा रियरडनले लेबर डिपार्टमेन्टका तर्फबाट सकृय तरिकाले कल ब्याक गरिरहेको जनाएकी छिन् ।

तपाईको फोनमा प्राइभेट नम्बरबाट फोन आएमा त्यस्तो फोन उठाउन र आवेदन पूरा गर्न उनले सुझाव दिएकी छिन् । ठगहरुले समेत फोन गर्न सक्ने भएकाले सावधानी अपनाउन सचेत गराइएको छ । लेबर डिपार्टमेन्टका तर्फबाट गरिएको फोनमा आवेदन दिएको मिति र आवेदनको प्रकारबाट लेबर डिपार्टमेन्टका कर्मचारीले उनीहरुले परिचय पुष्टी गर्ने जनाइएको छ ।

यदि तपाईले आफ्नो फोनमा अज्ञात नम्बरहरु ब्लक गर्र्नुभएको छ र डिपार्टमेन्ट अफ लेबरबाट फोनको अपेक्षा गर्नुभएको छ भने तपाईले आफ्नो फोनको सेटिङ परिवर्तन गर्न आवश्यक छ । अन्यथा डिपार्टमेन्ट अफर लेवरबाट प्राप्त हुने फोन पनि ब्लक सुचीमा जानसक्छ ।

यसैबीच न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले नयाँ आवेदनको व्यवस्था गरेको छ । पहिले नै आवेदन दिइसकेकाहरुलाई नयाँ आवेदन नदिन सचेत गराइएको छ ।

नयाँ आवेदन फाइल गर्न यहाँ क्लिक गर्नुहोला ।

पहिलेकै आवेदन हेर्न र साप्ताहिक प्रमाणिकरणका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com