न्युयोर्कमा नेपालीलाई सहयोग गर्दै संघसंस्था, दूतावास भन्छ – नेपालीलाई गम्भिर समस्या छैन


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

– सुनिता शर्मा कोइराला

अमेरिकामा कोरोनाको महामारी सुरु भएयता १० जनाभन्दा धेरै नेपालीको ज्यान गइसकेको छ ।  न्युयोर्क राज्यको क्वीन्स र एर्ल्महर्स्ट आसपासको एरियालाई त कोरोना भाइरसको केन्द्रबिन्दुनै मनिएको छ । जहा हरेकदिन  बिरामीहरुको चापले अस्पतालको बेडहरु खचाखच भरिएको तथा डाक्टर र नर्सहरु बिरामीको उपचारमा यताउति कुदिरहेका देख्न पाइन्छ भने केहि बिरामीहरु अस्पतालको बेड नपाएर घर फर्किएको पनि सुन्न पाइन्छ ।

“नेपाल जन सम्पर्क समिती तथा कोरोना सचेतना अभियान” टास्क फोर्से कमिटिका आनन्द बिष्टको जानकारी अनुसार,आहिलेसम्म न्युयोर्क राज्यमा मात्रै कोरोना भाइरस बाट सन्क्रमित भएको नेपालीको सन्ख्या करिब ५०० देखी ६०० जना अनुमान गरिएको छ भने केहि बिरामीहरु निको भएर घर फर्किसकेको अवस्था छ ।

बितेको पछील्लो हप्तातिर न्युयोर्क राज्यमा मृत्यु हुनेको सन्ख्या निकै भयाबह नै मानिएको थियो । जस अनुसार न्युयोर्क शहरमा मात्रै सोरह सय भन्दा बढी बिरामीको मृत्यु भएको थियो । त्यसैगरी ३,७०० जनाको त आफ्नो घर भित्र नै मृत्यु भ्एको थियो भने आजसम्म न्युयोर्क राज्यमा मात्रै १० जना नेपालिको मृत्यु भइसकेको छ तर पछिल्लो हप्ताको तुलनामा यसहप्ता भने केहि बिरामी तथा मृत्युहुनेको सन्ख्यामा कमी आएको महसुस गर्न पाइएको छ ।

धेरै जसो नेपालीहरु घर भित्र नै लकडाउनलाई पालना गर्दै सुरक्छित रहनु भएको छ भने केहि नेपालीहरु, नेपाल जन सम्पर्क समितिको अगुवाइमा, न्युयोर्कमा रहेका अन्य स-साना गैर सरकारी संस्थाहरु मिलेर एउटा टास्क फोर्स समिती “कोविड १९ सपोर्ट टीम” गठन गरेर न्युयोर्क “सिटि” अफिससँग सहकार्य गर्दै , न्युयोर्क स्टेटको १४ वटा स्टेसनबाट, न्युयोर्क राज्यको ६०० जती कोविड १९ को बिरामीको घरदैलो पुगेरै ज्वरो आउँदा प्रयोग गर्ने औषधी टैइनानोल, मास्क, हैन्ड सनिटैजर्, पञ्जा, थर्मोमिटर, तथा आवस्यक खाद्य सामग्रीहरु बितरण गर्दै आइरहनु भएको छ ।

त्यसैगरि, एन आर एन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीको तर्फ बाट पनि न्युयोर्क राज्यको ३०० जती कोविड्को बिरामीलाई घरमै पुगेर राहत बितरण गरिएको कुरा बताउनु हुन्छ । यसैगरी एन आर एन अमेरिकाका पूर्व अध्यक्ष डा. केशब पौडेलको संयोजकत्वमा कोविड्का बिरामी हरुलाई निसुल्क: सल्लाह सुझाब र परामर्श दिने, अक्सिजन मोनिटरिङ्ग गर्ने, १० डा. मिलेर बनेको, हेल्प डेस्क टीमबाट्, दिनमा २० देखी ३० ,कोविड १९ का बिरामी हरुलाई निसुल्क: डैरेक्ट टेलिफोन सुबिधा उपलब्ध गराइदै आएको कुरा उहाले बताउनु भयो ।

त्यसैगरि, न्युयोर्क को गैर सहकारी सस्था अधिकारको तर्फ बाट पनि न्युयोर्क स्टेट हेअल्थ एन्ड हस्पिटल को सह्कार्यमा निकै सह्रानीय कार्यहरु भएको अधिकारमा कार्यरत नर्बदा क्षेत्रीले बताउनु भयो । नेपाली कोविड्१९ को बिरामिहरुलाई पनि अमेरिकि नागरिक सरह न्युयोर्क राज्यको बिभिन्न ठाउँमा ब्यब्स्था गरिएको होटेलहरुमा र निशुल्क: आइसोलेशन रूम मा बस्न पाउने ब्यब्स्था मिलाउने, कोविड्को बिरामी हरुलाई परेको बेला खाद्य सामग्री घरमै पुर्याउन सहकार्य गर्ने तथा अन्य कार्य हरुमा पनि सहयोग र परामर्श पुर्याउदै आएको कुरा उहाले बताउनु भयो ।

बिरामीको मृत्यु भैसके पछी को समस्या जस्तै बिरामीको सनाखत गर्ने, शब क्लेम; कानूनीप्रक्रिया गर्ने तथा दाहासन्स्कार गर्ने कार्य मिलाउने कार्यमा निकै समस्या आएको, साथै एकजनाको अन्तिम संस्कारको लागि नजिकको आफन्तको पहिचान नभएको कारणले केही ढिलाई भएको  र आफुले नै सबै कुरा मिलाउनु परेको र राज्यको कुनै उपस्थिती नभयपनी नेपाल सरकार सङ्ह कुनै गुनासो नभएको कुरा मेरिल्यान्ड राज्यको साम्सद हयारी भण्डारीले बताउनु भयो ।

यति हुँदाहुँदै पनि उहाले थप्नु हुन्छ “कुनै पनि शव वेवारिस भएको छैंन, सिटीले यस्मा राम्रो ब्यब्स्था गरेको छ । ”

अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कार्की सङ्ह राज्यको कुनै दायीत्व निर्बाह नभएको भन्ने समबन्धमा कुरा गर्दा उहाले भन्नु भयो , ‘नेपाली हरुलाई अहिले गर्नु पर्नु केहि छैन, सबै कुरा स्टेट्ले नै गरी राखेको छ, अमेरिकी नागरिक लाई सिटीले राम्रो सङ्ह हेरेको छ ।’ त्यसैगरि, नेपाली कोविड सक्रमित बिरामीलाई समान ढङ्ले ब्यबहार गर्न आग्रह गर्दै अमेरिकि सरकार लाई कुट्नैतिक पत्र बुझाएको तथा हप्ता हप्तामा कन्फ्रेन्स गर्दै बिरामीहरुलाई सक्दो सहयोग को बाताबरण मिलाएको कुरा पनि जानकारी दिनु भयो ।

नेपाल सरकारले के गरी रहेको छ ? भन्ने प्रश्नको जबाफमा उहाले बताउनु भयो  – ‘नेपाल फर्किन नपाएकाहरुलाई नेपाल अमेरिका मेडिकल फोउन्डेसनको तर्फ बाट समन्यय गरी प्रेस्कृप्सन र औसधी उपलब्ध गराइदिने, सबै गैर सरकारी सङ्ह सस्थाहरु, सिटी तथा, मेएर अफिशहरु, चिकित्सकहरु सङ्ह समन्वय गरी हप्तामा एक पल्ट भिडियो कन्फ्रेन्स गर्ने तथा, बिरामी तथा विद्यार्थी हरुलाई उचित परामर्श , सहयोग र समन्नयको बाताबरण मिलाईदिने कार्य गर्दै आइ रहेको छ ।

त्यसैगरि, ९० प्रतिशत नेपालीहरु निको भैसकेको, र घर फर्की सकेको अवस्था छ “नेपाल एम्बेस्सीले वेबसाईट मार्फत फर्म भरेर बिरामीको डाटा कलेक्ट गर्न खोजिएको तर, सय जना भन्दा बढिले फर्म भरेको पाइएन् , डाटा कलेक्ट गर्न सकिएको छैन ।’  सरकारको उपस्थिती रहेन भन्ने प्रश्नको जबाफमा उहाले बताउनु भयो – ‘क्यारेन्टीन खोल्न, राहत बाड्दै हिडन मिल्दैन ।’

त्यसैगरि, बिद्यार्थी हरुको समबन्ध्मा राह्त ल्याउन कलेज सङ्ह सम्नवय गरी हार्डशिप समबन्ध्मा कलेजहरुमा सहयोगको बाताबरण बनाउने बारेमा छलफल भएको नेपाली कम्युनिटिका सल्लाहकार डा. तारा निरौलाले बताउनु भयो । अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले नेपालीहरुलाई  कुनै सिरिएस समस्या नभएको कुरा बताउनु भयो ।

त्यस्तै शेर्पा किदुग पनि राहत र सहयोग कार्यमा खटिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com