जागरण मिडियाको पहलमा समाज विकास छात्राबासलाई खाद्यान्न प्रदान


प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार

जागरण मिडिया सेन्टरको पहलमा काठमाण्डौ विजेश्वरीस्थित समाज विकास छात्राबासलाई खाद्यान्न सामग्री प्रदान गरिएको छ ।  जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माको पहलमा गोल्डेन टच बचत तथा ऋण सहकारी संस्था न्युरोड, काठमाडौंले छात्राबासलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

कोरोना रोकथामका लागि एक महिनादेखि जारी लकडाउनका कारण समस्यामा रहेको छात्राबासलाई खाद्यान्न उपलब्ध गराईएको गोल्डेन टच सहकारीका अध्यक्ष गोविन्द थापामगरले बताउनुभयो । छात्राबासलाई १२ बोरा चामल, ८१ किलो आलु, २५ किलो दाल, २ कार्टुन तेल र १० प्याकेट नुन प्रदानगरिएको छ ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, सहकारीका अध्यक्ष गोविन्द थापामगरसहित उपाध्यक्ष मानबहादुर थापामगर, सचिव पुष्कर महर्जन, कोषाध्यक्ष किशोर कुमार पाण्डेय, सदस्य दामोदर बस्याललगायतको टोलीले उक्त राहत छात्रबासलाई प्रदान गरेको हो । छात्राबासको विधार्थी क्षमता ७० जनाको भएता पनि लकडाउनका कारण २० जना बिद्यार्थी घर जान नसकेर छात्रावास बसेका छन् ।

छात्राबासमा विभिन्न जिल्लाबाट दलित समुदायका विद्यार्थीहरु आएर उच्च शिक्षा अध्यनका लागि बस्ने गर्छन् । यो सहयोगले अहिलेको परिस्थितिमा ठुलो सहयोग पुगेको छात्रबासका वार्डेन राम नेपालीले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com