न्युयोर्क : कहिलेदेखि पाउनुहुन्छ बेरोजगार रकम ?


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

न्युयोर्कमा तपाईले कोरोनाको महामारीका कारण काम गुमाएका कारण बेरोजगारी विमाबाट पाउने रकमका लागि आवेदन दिनुभएको छ भने तपाई कहिलेदेखिको रकम पाउने भन्ने विषयमा अन्यौलमा हुनुहुन्छ ? कृपया त्यस्तो अन्यौलमा नबस्नुहोला । न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले तपाईले पाउने विभिन्न प्रकारका रकमबारे स्पष्ट पारेको छ ।

यदि तपाईले नियमित बेरोजगार बिमा रकमका लागि आवेदन दिनुभएको छ भने तपाई जुनदिनदेखि बेरोजगार हुनुभएको हो त्यही दिनदेखिको रकम पाउनुहुनेछ । तपाईको रकमको भुक्तान पूर्वब्यापी हुनेछ । तपाईले पाउने रकम न्युयोर्क राज्यको कोषबाट प्राप्त हुनेछ ।

यदि तपाई नियमित बेरोजगारी बिमाका लागि योग्य हुनुभएन भने तपाई पेन्डामिक अनइम्प्लोयमेन्ट एसिस्टेन्स पीयुएका लागि योग्य हुनुहुनेछ । तपाई पीयुएका लागि आवेदन दिनुभएको छ र योग्य हुनुभएको खण्डमा पनि तपाई जुनदिनदेखि बेरोजगार हुनुभएको हो त्यही दिनदेखिको रकम पाउनुहुनेछ । तपाईको रकमको भुक्तान पूर्वब्यापी हुनेछ । तपाईले पाउने रकम संघीय सरकारको कोषबाट आउनेछ तर न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरमार्फत प्रदान गरिनेछ ।

यदि तपाई नियमित बेरोजगारी विमा रकम वा पीयुएका लागि योग्य हुनुभएको खण्डमा तपाईले उक्त रकमको अतिरिक्त साप्ताहिक रुपमा फेडलर पेन्डामिक अनइम्प्लोयमेन्ट कम्पेन्सेसन पीयुसी रकम पाउनु हुनेछ । जुन साप्ताहिक ६ सय डलर हुनेछ । यो रकम भने तपाईले अप्रिल ५ देखिमात्र प्राप्त गर्नुहुन्छ । यदि तपाई यो मितिभन्दा अगाडि देखिनै बेरोजगार हुनुभएको भएपनि तपाईले यो रकम अप्रिल ५ पछिमात्र पाउनुहुनेछ । यो मिति भन्दा पछाडि बेरोजगार भएको भएमा बेरोजगार भएको मितिबाट पाउनुहुनेछ । तपाईले पाउने रकम संघीय सरकारको कोषबाट आउनेछ तर न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरमार्फत प्रदान गरिनेछ ।

यदि तपाई बेरोजगारी विमा रकमका लागि आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com