यस्तो छ न्युयोर्कबासीको बेरोजगारी बिमा आवेदन अपूर्ण हुनुको पहिलो कारण


प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार

न्युयोर्कबासीको बेरोजगारी बिमा आवेदन अपूर्ण हुनुको पहिलो कारण आवेदकले रोजगारदाताको संघीय पहिचान नम्बर ईआईएन भर्न छुटाएको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । यस्तो नम्बर रोजगारदाताले प्रदान गरेको डब्लु टु फर्ममा हुने स्पष्ट पारिएको छ ।

रोजगारदाताहरु कानुनी रुपमा नै आफ्ना कामदारलाई ईआईएन नम्बर दिन बाध्य हुने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । साथै रोजगारदातालाई आफ्नो संघीय ईआईएन नम्बर, न्युयोर्क राज्यको रोजगारदाता दर्ता नम्बर, पूरा नाम र ठेगाना आफ्ना कामदारलाई उपलब्ध गराउन समेत भनिएको छ ।

आजमात्र डिपार्टमेन्ट अफ लेवरले ३ लाख २० हजार विजनेशहरुलाई आफ्ना कामदारलाई ईआईएन नम्बर उपलब्ध गराउन भनेको छ । त्यसका लागि रोजगारदाताले एउटा फर्म भरेर कामदारलाई दिनसक्ने जनाइएको छ । रोजगारदाताले उक्त फर्म भर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

यदि आवेदकले रोजगारदाताको ईआईएन नम्बर विना नै आवेदन दिएको खण्डमा डिपार्टमेन्ट अफ लेवरका प्रतिनिधिले आवेदन पूरा गर्न आवेदकलाई फोन गर्नेछन् । अहिलेसम्म आवेदन फाइल नगरेकाहरुलाई आवेदन फाइल गर्दा रोजगार दाताको ईआईएन नम्बर, न्युयोर्क राज्यको रोजगारदाता दर्ता नम्बर, पूरा नाम र ठेगाना उल्लेख गर्न सचेत गराइएको छ ।

नयाँ आवेदन प्रणालीमार्फत बेरोजगारी विमाको आवेदन दिएकाहरुले पीयुएका लागि छुट्टै आवेदन दिन आवश्यक नभएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । नयाँ प्रणाली अन्तरगत पीयुए आवेदन दिनका लागि नियमित बेरोजगारी विमा अस्वीकृत भएको हुन आवश्यक नरहेको जनाइएको छ ।

तर यदि तपाईले पूरानै प्रणालीमार्फत नियमित बेरोजगारी विमा रकमका लागि आवेदन दिनुभएको थियो र तपाई अयोग्य हुनुभयो भने तपाईले नियमित बेरोजबिमाका लागि आयोग्य भएको निर्धारसहित पत्र प्राप्त गर्नुहुनेछ । साथै तपाईले पीयुए आवेदन दिनका लागि लिंकसहित तपाईको अनलाइन एकाउन्टको इनबक्समा मेसेज प्राप्त गर्नुहुनेछ ।

उक्त मेसेज प्राप्त गरिसकेपछि तपाईले पीयुए आवेदन दिनुहोला । यदि यो मेसेज प्राप्त गर्नु अगाडि नै तपाईले पीयुए आवेदन दिइसक्नुभएको छ भने तपाईले नयाँ आवेदन दिन आवश्यक छैन । यदि तपाईको अनलाइन एकाउन्ट छैन भने तपाईले पत्र प्राप्त गर्नुहुनेछ, त्यसमा फोन प्रणाली कसरी पीयुए आवेदन दिने भन्ने सिकाइएको हुन्छ ।

तपाइले आफ्नो साप्ताहिक रकम दावी गर्दा तपाईलाई यी कारणलेमात्र काममा फर्कन नसकेको, अन्यथा काम गर्न सक्षम हुनुहुन्थ्यो भनेर प्रश्न सोध्दा तपाईले हो मा टिक लगाउनुभएको खण्डमा मात्र रकम प्राप्त गर्नुहुनेछ । यदि तपाईले होइन अर्थात् नो मा टिक लगाउनुभएमा तपाई रकम पाउन योग्य हुनुहुनेछैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com