कोरोना महामारीको बेलामा बेराजगारी विमा वा पीयुए पाइरहँदा काम खोजेको रेकर्ड चाहिन्छ ?


प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार

यदि तपाईको रोजगारदाताले कोरोनाको महामारीका कारण रोजगारस्थल बन्द गरेका कारण वा रोजगारस्थलको संचालन घटाएका कारण तपाई बेतलवी विदामा हुनुहुन्छ भने तपाईले सामान्यतया काम खोज्नु पदैन । त्यस्तै तपाईलाई रोजगारदाताले विजनेश खुलेपछि काममा बोलाउने बताएका छन् भने पनि तपाईले काम खोज्नु पर्दैन ।

तर यी बाहेक अन्य कारणले तपाई काम विहिन हुनुभएको छ भने र तपाईले बेरोजगारी विमा रकम वा महामारी विमा सहायता रकम पाउनुभएको छ भने तपाईले काम खोजेको हुनुपर्छ । अहिले काम पाउनु चुनौतीपूर्ण रहेको छ, तर पनि तपाईले काम खोज्नका लागि सकेजति प्रयास गरेको हुनुपर्छ । कतिपय अत्वावश्यक विजनेशरु संचालनमा रहेका कारण उनीहरुले कतिपय कर्मचारीहरु थपिरहेका पनि छन् ।

तपाईले काम खोजेको विवरणलाई डकुमेन्टेड गर्नुहोला । यदि लेबर डिपार्टमेन्टले मागेको खण्डमा तपाईले त्यस्तो विवरण बुझाउनुपर्ने हुनसक्छ । यदि तपाईले काम खोज्नुभएन, काम खोजेको रेकर्ड डकुमेन्टेड गर्नुभएन, वा मागेको बेलामा बुझाउनुभएन भने तपाईले पाउदै आएको रकम रोकिन सक्छ । त्यतीमात्र होइन, तपाईले लिएको रकम फिर्ता समेत गर्नुपर्ने हुनसक्छ ।

तपाईले अनलाइनमा जागिरका लागि आवेदन दिएर, काम खोज्नका लागि अरु सामाजिक नेटवर्किङ वा अन्य टुल प्रयोग गरेर, रोजगारदाता, युनियन वा एजेन्सीलाई फोन वा इमेल गरेर काम खोज्न सक्नुहुन्छ । त्यस्तै भर्चअल वर्कसपहरुमा भाग लिएर पनि काम खोज्न सक्नुुनेछ ।

यदि तपाईले अत्यावश्यक विजनेशले कामका लागि बोलाएको खण्डमा तपाईले अन्तरवार्तामा सहभागी भएको हुनुपर्छ । यदि तपाई कुनै विशेष परिस्थीतिका कारण अन्तरवार्तामा जान सक्नुभएको छैन भने तपाईले त्यसलाई काम खोजेको रेकर्डमा डकुमेन्टेड गर्नुहोला ।

श्रोत : न्युयोर्क डिपार्टमेन्ट अफ लेबर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com