बारम्बार सोधिने प्रश्न : मैले पाइरहेको बेरोजगारी विमा रकम किन रोकियो ?


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

बेरोजगारी विमा रकम आवेदन दिएकाहरुले साप्ताहिक रुपमा पाउँदै आएको रकम अचानक रोकिने गरेको छ । यो समस्या कैयनले सामना गरिरहेका छन् भने यो प्रश्न बारम्बार सोधिने प्रश्न बनेको छ । तर यो प्रश्न अनुत्तरित छैन, यसबारेमा न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले जवाफ दिएको छ ।

डिपार्टमेन्ट अफ लेबरले तपाईको योग्यतामा फरक पार्ने कुनै विवरण प्राप्त गरेका कारण तपाईले पाउँदै आएको साप्ताहिक बेरोजगारी बिमा रकम रोकिएको हुनसक्छ । साप्ताहिक बेरोजगारी रकम प्रमाणिकरण गर्ने क्रममा कुनै गल्ती भएको भएमा पनि यस्तो हुनसक्छ ।

तर यसो भएमा पनि साप्ताहिक रुपमा प्रमाणिकरण नछुटाउन डिपार्टमेन्ट अफ लेबरले सुझाव दिएको छ । साप्ताहिक प्रमाणिकरण गर्दा भीपीएन वा इन्टरनेटका अज्ञात सेवाहरु प्रयोग नगर्न सुझाव दिइएको छ ।

यदि पहिले पाइरहेको रकम रोकिएको खण्डमा डिपार्टमेन्ट अफ लेबरका तर्फबाट सोधिएका प्रश्नको जवाफ दिन सुझाव दिइएको छ । त्यस्तै फोन कल वा अन्य सन्देशको पनि यथाशीघ्र जवाफ दिन सुझाव दिइएको छ ।

न्युयोर्कमा बेरोजगारी विमाको आवेदन दिइसकेपछि रकम प्राप्त गर्न दुईदेखि तीनसातासम्म लाग्नसक्ने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । अहिलेको अवस्थामा जटिल प्रकारको आवेदनमा अझ धेरै समय लाग्नसक्ने जनाइएको छ । तरपनि साप्ताहिक रुपमा प्रमाणिकरण गर्न नछाड्न र फोन, सन्देश तथा प्रश्नको जवाफ दिन डिपार्टमेन्ट अफ लेवरले सुझाव दिइको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com