बेरोजगारी विमाका लागि बैंक एकाउन्ट दिएको डेविट कार्ड किन आयो ?


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

तपाईमध्ये कतिपयले बेरोजगारी विमा रकमका लागि आवेदन दिंदा डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट दिनुभएको थियो होला । तर डिपार्टमेन्ट अफ लेवरले तपाईलाई हुलाकमार्फत डेविट कार्ड पठाएको हुनसक्छ ।

तपाईलाई लाग्ला किन यस्तो भएको होला ?

तपाईको बैंकले तपाईको डाइरेक्ट डिपोजिट सुचना प्रमाणिकरण गर्न नसकेका कारण तपाईले डेविट कार्ड प्राप्त गरेको हुनसक्ने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । तर डेविट कार्ड पाइसकेको भएतापनि तपाईले अनलाइनमार्फत रकम प्राप्त गर्ने तरिका परिवर्तन गर्न सक्नुहुनेछ ।

तपाईले साप्ताहिक प्रमाणिकरण गर्ने वा पेमेन्टको इतिहास हेर्ने पृष्ठमा गएर आफ्नो बैंकको सुचना प्रदान गरेर डाइरेक्ट डिपोजिटका लागि अनुरोध गर्न सक्नुहुन्छ । अनलाइनमार्फत यो प्रकृया निकै सरल र छरितो रहेको छ ।

तर तपाईले फोनमार्फत डाइरेक्ट डिपोजिटको विकल्प परिवर्तन गर्न सक्नुहुन्न ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com