अमेरिकन आइडलको टप सेभेनमा पुगे नेपाली गायक दिवेश, अगाडि बढ्न भोटिङ सुरु
प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार
नेपाली गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलमा टप सेभेन मा पुगेका छन् । अब टप सेभेनबाट अगाडि बढाउन भोटिङ सुरु भएको छ ।
दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन् ।
न्युयोर्क समय अनुशार आज बेलुका ८ बजे अमेरिकन आइडलको शो सुरुवात हुनासाथ भोटिङ सुरु भएको हो । भोट तीनप्रकारकाले गर्न सकिनेछ ।
दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।
त्यस्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।
आइफोनमा एप्लीकेशन डाउनलोड गर्नुहोस् ।
एन्ड्रोइडमा एप्लीकेशन डाउनलोड गर्नुहोस् ।
वा, तपाईले एबीसी टेलिभिजनको एपमार्फत पनि भोट दिनसक्नुहुनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।
एबीसीको एप्लीकेशन आइफोनमा डाउनलोड गर्नुहोस् ।
एबीसीको एप्लीकेशन एन्ड्रोइडमा डाउनलोड गर्नुहोस् ।
एबीसी टेलिभिजनको वेवसाइटमा गएर पनि पहिले नै सृजना गरेको एकाउन्ट लगइन गरेर १० पटकसम्म भोट दिन सकिनेछ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।
भोट झण्डै १३ घण्टासम्म दिनसकिनेछ । न्युयोर्क समय अनुशार मे ११ सोमबार विहान ९ बजेसम्म अर्थात् नेपाली समय अनुशार सोमबार बेलुका पौने ७ बजेसम्म भोट दिन सकिनेछ ।
एबीसीको वेवसाइट र एप्लीकेशनमार्फत भोट दिनका लागि १६ बर्ष पुरा भएको तथा अमेरिका, भर्जिन आइल्याण्ड र पोर्तोरिकोमा रहेको व्यक्ति हुनुपर्ने अमेरिकन आइडलले जनाएको छ ।