बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण छुटाएकालाई इमेल पठाउन सुरु, यसरी दिऔं जवाफ


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेबरले बेरोजगारी विमा रकममा साप्ताहिक प्रमाणिकरण गर्न छुटाएकालाई इमेल पठाउन सुरु गरेको जनाएको छ । आजबाट साप्ताहिक प्रमाणिकरण गर्न छुटाएकाहरुलाई सुरक्षित इमेल पठाउन सुरु गरिएको र इमेल प्राप्त गरेकाहरुलाई जवाफ दिन सुझाव दिइएको छ ।

साप्ताहिक प्रमाणिकरण गर्न छटाएकाहरुले इमेल प्राप्त गरेमा त्यसको जवाफ डिजिटल हस्ताक्षर प्रणाली डकुसाइनमार्फत दिनुपर्नेछ । डकुसाइनमा खुल्ने एकप्रकारको फर्म प्राप्त गरिसकेपछि त्यो फर्म भरेर डिजिटल हस्ताक्षर सहित पठाउनुपर्नेछ । त्यसपछि रोकिएको साताको रकम प्राप्त हुनेछ ।

तर कुनै हप्ताको प्रमाणिकरण छुटाएका तर इमेल प्राप्त नगरेकाहरुलाई चिन्तित नहुन डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ । डिपार्टमेन्ट अफ लेवरले भनेको छ – ‘हामीले लगातार साप्ताहिक प्रमाणिकरण गर्न छुटाएकाहरुको पहिचान गर्दै उनीहरुसमक्ष पहुँच कायम गरिरहेका छौं, ताकी योग्य सबैले छुटाएका साताको पनि उचित रकम प्राप्त गर्न सकुन् ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com