अमेरिकामा संकटकालको दुईमहिनापछि देखिएको न्युयोर्क (फोटो फिचर)
प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार
अमेरिकामा कोरोनाको महामारीका कारण संकटकालको घोषणा गरिएको आज ठ्याक्कै २ महिना पूरा भएको छ । अर्थात् मार्च १३ मा अमेरिकामा राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरिएको थियो ।
यो दुईमहिनाको अवधि अमेरिकाबासीका लागि निकै भयानक रह्यो । खासगरी न्युयोर्कबासीका लागि यो दुईमहिनाको अवधि निकै कठिन अवधी रह्यो । यो अवधिमा अमेरिकामा ८४ हजारभन्दा धेरैको कोरोनाका कारण मृत्यु भयो भने १४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भयो ।
न्युयोर्कमामात्र साढे ३ लाख बढी संक्रमित भएभने २७ हजारभन्दा बढीको मृत्यु भयो । कोरोनाको महामारीका भयानक दुईमहिनापछि न्युयोर्कको जनजीवन कस्तो छ ? हामीले खसोखासका पाठकका लागि न्युयोर्कको टाइम्स स्क्वायर लगायतका विभिन्न स्थानका केही तस्वीरहरु खिचेका छौं । झण्डै ४ लाख व्यक्ति दैनिक पुग्ने टाइम्स स्क्वायरमा औंलामा गन्न सकिने व्यक्तिमात्र देखिएका थिए ।