न्युयोर्क सिटी सेन्ससबाट नेपालीका लागि समेत ह्वाट्सएपबाट डिजिटल अभियान


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

जनगणनाका लागि न्युयोर्क सिटी मेयर अफिसले न्युयोर्क सिटीभित्र रहेका आप्रवासी समुदायसम्म पुग्नका लागि विभिन्न १५ वटा भाषामा डिजिटल अभियान सुरु गरेको छ, जसमा नेपाली भाषालाई समेत समावेश गरिएको छ । नेपालीमा न्युयोर्कसिटी जनगणना नाम दिइएको ह्वाट्सएप समुह यस्तो अभियान सुरुवात गरिएको हो ।

२०२० जनगणनामा न्युयोर्कबासीहरुको पूर्ण तथा सही गणना सुनिश्चित गर्नमा इच्छुक नेपालीभाषीहरुबीचमा सामाग्री साझा गर्न प्रोत्साहित गर्नका लागि यो समुहको निर्माण गरिएको न्युयोर्क सिटी सेन्सस २०२० ले जनाएको छ । यी ह्वाट्सएप समुह न्युयोर्क सिटी सेन्सस २०२० वा न्युयोर्क सिटी सेन्सस २०२०का पार्टनरहरु वा फण्ड प्राप्त गर्ने संस्थाहरुबाट प्रशाशित रहेका छन् ।

नेपाली भाषाको ह्वाट्सएप समुहमा प्रवेश गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

जनगणनाले संघीय सरकारबाट हरेक बर्ष न्युयोर्क सिटीले विभिन्न कार्यक्रम र सेवाका लागि प्राप्त गर्ने रकमको निर्धारण गर्दछ । धेरैभन्दा धेरै न्युयोर्कबासीहरु जनगणनामा सहभागी हुँदा न्युयोर्क सिटीले धेरैभन्दा धेरै रकम विद्यालय, अस्पताल, यातायात लगायतका क्षेत्रमा प्राप्त गर्नेछ ।

जनगणना यो बर्ष अनलाइन र फोनमार्फत उपलब्ध हुनेछ । त्यसका लागि तपाईले जनगणनाको यो वेवसाइटमा क्लिक गर्न सक्नुहुनेछ । वा ८४४ ३३० २०२० मा फोन गर्न समेत सक्नुहुनेछ । न्युयोर्कबासीले विभिन्न १५ वटा भाषामा जनगणना भर्नसक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com