सोमबारदेखि लुम्बिनी वर्ल्डवाइडले न्युयोर्कमा रिमोट पारालिगल सेवा दिने


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

सोमबारदेखि न्युयोर्कको लुम्बिनी वल्र्डवाइड इन्कले रिमोट पारालिगल सेवा संचालन गर्ने भएको छ । कोरोनाको महामारीपछि मार्चको दोश्रोसातादेखि बन्द रहेको लुम्बिनी वल्र्डवाइड इन्कले सोमबारदेखि रिमोट सेवा सुचारु गर्न लागेको हो ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वल्र्डवाइड इन्क न्युयोर्कसिटीबाट समेत अमेरिकी अध्यागमन सहायता सेवा प्रदायकको अनुमतिपत्र प्राप्त पारालिगल सेवा हो । न्युयोर्क सिटी प्रशासनिक कोड २० ७७६ अनुशार लुम्बिनी वल्र्डवाइड इन्कलाई यस्तो अनुमति प्राप्त छ ।

स्वतन्त्र पारालिगल तथा कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरेबाट संचालित लुम्बिनी वल्र्डवाइड इन्कले नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतका अध्यागमन फर्म भर्न सघाउने, पेशागत सपथपत्रहरु लेख्न सघाउने लगायतका पारालिगल सेवाहरु गर्दै आएको छ । अनलाइन टुलको प्रयोग गरेर सेवाग्राहीहरुलाई सेवा प्रदान गरिने घिमिरेले जानकारी दिएका छन् ।

लुम्बिनी वल्डवाइड इंक विशेषगरी नेपालीलाई अध्यागमनबारेको सेवा दिने पारालिगल फर्म हो । यसले अमेरिकाको न्युयोर्कमा रहेर इमिग्रेसन सम्बन्धी काम गर्दछ । अमेरिकी कानुन अनुसार ग्रिनकार्ड, नागरिकता लगायत अध्यगमनका फारमहरु भर्न सघाउने, फारम भर्न आउनेहरुले ल्याएको डकुमेन्टलाई कानुनी रुपमा रुपान्तरण गरेर अध्यायगमन कार्यालयमा पठाउने लगायतका काममा सघाउने काम गर्छ ।

कानुनी रुपमा तपाईको केसमा कुनै पनि वाधा छैन भने प्यारालिगल वा इमिग्रेसन एसिस्टेन्सहरु प्रयोग गरेर अध्यागमनका फारमहरु तयार गरेर बुझाउन सक्नु हुन्छ । तर तपाईले गलत सुचना नदिने लाइसेन्सप्राप्त प्यारालिगल वा इमिग्रेसन एसिस्टेन्स प्रोभाइडरहरु रोज्नुपर्छ ।

समान्यतया अध्यागमनका फारमहरु भर्दा कानुनी उल्झन छैन भने आफै पनि भर्न सकिन्छ । युएससीआईएको वेवसाइटबाट आफै हेरेर निशुल्क फर्म भर्न पनि सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com