नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ३७५, बाँकेमा आजमात्रै ५९


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ३७५ पुगेको छ । थप १८ जनामा संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ३७५ पुगेको हो ।

नयाँ संक्रमण पुष्टी हुनेहरुमा धनुषा निवासी २ जना पुरुषहरु, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुषहरु, दैलेखका एकजना पुरुष, सुनसरीमा एकजना पुरुष र झापामा एकजना पुरुषमा संक्रमण पुष्टी भएको छ । संक्रमितको अवस्था सामान्य रहको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअगाडि सोमबार नै बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको बताइएको थियो । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  सोमबार बिहान पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com