संविधान संसोधन प्रस्ताव पर्सीकै कार्यसुचीमा राख्न काँग्रेस नेता गगन थापाको माग


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले परिवर्तित नक्सालाई संविधानको अंग बनाउन संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव पर्सी १६ गतेकै कार्यसुचीमा राख्न माग गरेका छन् । उनले काँग्रेस संसोधनको पक्षमा रहेको समेत स्पष्ट पारेका छन् ।

उनले भनेका छन् – ‘काँग्रेस संशोधनको पक्षमा छ।कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ।केन्द्रीय समितिको बैठक गर्ने(नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो।हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।’

त्यस्तै यस अगाडिको पोष्टमा थापाले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको बताएका छन् ।

उनले भने – ‘सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ र फास्ट ट्रयाकबाट संविधान संशोधन पारित गरौँ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com