आज रातीदेखि बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण छुटेका ४ लाखलाई इमेल पठाइदै


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

आज रातीदेखि न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरले बेरोजगारी विमा साप्ताहिक प्रमाणिकरण छुटेका ४ लाखलाई इमेल पठाउने भएको छ । कुनै साता प्रमाणिकरण गर्न छुटाएकाहरुलाई डिपार्टमेन्ट अफ लेवरले छुटेको साताको प्रमाणिकरण गर्ने मौका दिदै इमेल पठाउनेछ ।

डकुसाइनमार्फत इमेल पठाइने छ भने त्यसमा क्लीक गरेर सोसल सेक्युरिटी नम्बर लगायतका विवरणहरु उल्लेख गरेपछि छुटेका साताको प्रमाणिकरण गर्न सकिनेछ । तपाईलाई [email protected] बाट इमेल  आउने छ । त्यसमा कागजात पुनरावलोकनका लागि लिंक दिइएको हुन्छ । यो डिपार्टमेन्ट अफ लेवरको आधिकारिक इमेल भएकाले तपाईले छुटेका हप्ताको रकम पाउन प्रमाणिकरण गरेर पठाउनुपर्छ ।

तपाईले साप्ताहिक प्रमाणिकरणका लागि प्राप्त गर्ने इमेलको नमुना यस्तो हुन्छ ।

यदि तपाईको बेरोजगारी विमा रकमको आवेदन पेन्डिङ अवस्थामा रहेको बेलामा तपाईले साप्ताहिक प्रमाणिकरण गरिरहेको भएतापनि तपाई नियमित बेरोजगारी विमा रकमका लागि योग्य नभई पीयुएका लागि योग्य भएमा तपाईको आवेदन अनलाइनमा स्थानान्तरण गर्ने क्रममा साप्ताहिक प्रमाणिकरण प्रणालीमा रेकर्ड नभएको हुनसक्छ । यस्तो अवस्थामा पनि तपाईले छुटेका साताको साप्ताहिक प्रमाणिकरण गरेर पठाउनुपर्छ ।

यदि तपाईले त्यस्तो इमेल भुलबस डिलिट गर्नुभयो भने पनि नआत्तिन डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ । इमेल डिलिट गर्नुभएको खण्डमा डिपार्टमेन्ट अफ लेवरले प्रमाणिकरणका लागि अर्को इमेल पठाउनेछ । तर अर्को इमेल पठाएर प्रमाणिकरण गर्दा तपाईले रकम पाउनमा ढिलाई हुनसक्छ ।

खसोखासलाई सहयोग गर्न चाहनुहुन्छ ? यहाँ क्लिक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com