थप ४ सय ५१ जनामा कोरोना पुष्टि : देशभर संक्रमित ६ हजार २ सय ११


प्रकाशित मिति : असार १, २०७७ सोमबार

नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४५१ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ४५१ सहित नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

यो सहित डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ। जसमध्ये पुरुष ९३७ र महिला १०४ जना छन्। कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com