कोरोना महामारीमा ज्यान गुमाउने फ्रन्टलाइनरका परिवारलाई न्युयोर्क लाइफले ७५ हजार डलर दिने
प्रकाशित मिति : असार ६, २०७७ शनिबार
कोरोना महामारीमा सेवा गर्दा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई न्युयोर्क लाइफ इन्सुरेन्सले १५ हजार दाहसंस्कार खर्च र ६० हजार मोर्गेज कभरेज दिने भएको छ । न्युयोर्क लाइफ इन्सुरेन्स सिनियर इन्सुरेन्स प्रोफेशनल कृष्ण पोखरेलका अनुशार यस्तो सहयोग न्युयोर्क लाइफको इन्सुरेन्स नलिएकाहरुले समेत प्राप्त गर्न सक्नेछन् ।
पोखरेलले भने – ‘यो सुविधा लिनका लागि न्युयोर्क लाइफको इन्सुरेन्स लिएको हुनुपर्दैन । ज्यान गुमाउने वा परिवारका सदस्यहरुले न्युयोर्क लाइफको इन्सुरेन्स नलिएपनि यो राहत लिन सक्नेछन् ।’
कोरोनाको महामारीका क्रममा राहत स्वयंसेवकका रुपमा खट्दै गर्दा ज्यान गुमाउनेहरुदेखि स्वास्थ्यकर्मीहरुसम्मका परिवारलाई यो राहत प्रदान गरिने भएको छ । कोरोनाको महामारीमा अरुलाई कुनै पनि प्रकारको सहयोग गर्ने क्रममा संक्रमित भएर ज्यान गुमाएकाका परिवारले यो राहत लिन फर्म भर्न सक्नेछन् ।
यदि कोही व्यक्तिले त्यसरी ज्यान गुमाएको भएमा परिवारका सदस्यहरुले आफूलाई सम्पर्क गर्न सक्ने र आफूहरुले फर्म भर्न तथा रकम दावी गर्न मद्दत गर्न सक्ने पोखरेलले जानकारी दिए । फर्म अनलाइनबाट आफै पनि भर्न सकिन्छ ।
अहिलेसम्म अमेरिकामा कोरोनाको महामारी सुरु भएयता डेढदर्जन नेपालीहरुको ज्यान गइसकेको छ भने न्युयोर्कमा मात्र १२ जना नेपालीहरुको ज्यान गएको छ । तर सबैको मृत्युको कारण कोरोना भने बताइएको छैन ।