अमेरिकामा कोरोना महामारीमा पीपीपी ऋण लिने विजनेशको नाम सार्वजनिक गरिने


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

अमेरिकी सरकारले कोरोनाको महामारीमा पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक गर्ने जनाएको छ । साना ब्यापार प्रशासन एसबीए र ट्रेजरी डिपार्टमेन्टले पीपीपी ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

तर एकलाख ५० हजार डलरभन्दा बढी ऋण लिने विजनेशहरुको नाम र विवरणमात्र सार्वजनिक गरिने भएको छ । डेढलाख डलरभन्दा कम ऋण लिने विजनेशको नाम भने सार्वजनिक नगरिने तर कस्ता प्रकारका विजनेशहरुले कुल कति ऋण लिए भन्ने तथ्यांक भने सार्वजनिक गरिनेछ ।

यसअगाडि पीपीपी अन्तरगत ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक नगरिने बताइएको थियो । सिनेटको सुनुवाईमा ट्रेजरी सेक्रेटरीले विजनेशहरुको स्वामित्वका रुपमा उनीहरुले लिएको पीपीपी ऋण सार्वजनिक नगरिने बताएका थिए ।

पीपीपी ऋण ६० प्रतिशतभन्दा बढी पेचेकमा प्रयोग गरेमा मिनाहा गर्ने प्रावधान सरकारले ल्याएको छ । विगतको तुलनामा खर्च प्रावधानमा लचकता अपनाइएको हो । विगतमा ८ हप्ताभित्र खर्च गर्नुपर्ने प्रावधानलाई बढाएर २४ हप्ता बनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com