विदेशमा बसेपनि नेपाली मुलका हुनुको गौरव सन्ततीहरुलाई दिनसकौं


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

-अच्युत सिग्देल

मानव विकास क्रम सुरु भएसँगै मानिसहरु परिष्कृत जीवन र पारिवारिक उपलब्धिको लागि व्यवस्थित स्थानतर्फ स्थानान्तरण हुन थाले । सायद आदिम कालवाट नै सुरु भएको होला, पुरानोले नयाँलाई पेल्ने, लुट्ने, शोषण गर्ने कथित हर्कतहरु आदि इत्यादि ।

यसै क्रममा सामूहिक शक्ति सँचय र विरोधीसँग मुकाविलाको लागि मानिसले संगठित हुने तथा एक आपसमा मिलेर बस्ने, न्याय नसहने र परि आयो भने बिरोधि माथि मुकाबिला गर्ने रणनितीलाई अंगिकार गरे ।

तर, आज मानव विकास क्रमका पात्रोहरु धेरै फेरिसकेका छन् ! युग ले लामो फड्को मारी सकेको छ , लोग्ने मान्छे आमा बन्न थाली सकेका छन् ।न्यूयोर्क जस्तो राज्यमा पनि समान लिंगी बिबाह गर्न पाउने आधिकार राज्यले दिई सकेको छ । यदि जनचाहनाले सामुहिक भावनामा संगठित भएर क्रियाशील र व्यबस्थित रुपमा सँगठन बनाउन चाहने हो भने, सायद असम्भव केहि छैन ।

नेपालमा प्रजातन्त्रको आगमन पश्चात नेपाली विदेशिने क्रम बढ्न थालेको हो । जो, जता र जसरी पुगे पनि हामी प्रवासी नेपाली आज पनि उही प्रारम्भिक आभाव, विभाजित सोच, पछौटेपन् (आफु क्षमताहीन ) र उचित मार्गदर्शनको कारण बिचलित भएर अति आबश्यक र न्यूनतम आधारभूत कुराहरुबाट बन्चित हुनु परेको छ, जुन तितो तर यथार्थ हो ।

विदेशमा रहेर नेपाली जीवन जिऊने र वुढेशकालमा सुखपूर्वक नेपालमा सरल र सूलभ जीवन जीउने ।विदेशमा पेन्सन लिएर नेपालमा ऊत्तरार्धको जीवन जिऊने र वाल वच्चालाई आधा अमेरिकी र आधा नेपाली सँस्कार सिकाऊने जस्ता विरोधाभाषपूर्ण जीवन शैलीको कारण नेपालीको जीवनस्तरमा दिगो परिवर्तन भएको देखिदैन ।

अमेरिकी नेपाली समाज दोस्रो चरणको युग उन्मुख छ । विस्तारै मानिसहरू व्यूटि पार्लर , रेस्टोरेंट , ग्यास स्टेशन र किराना पसल सँचालन गर्दै स्वरोज़गार उन्मुख हुदैछन । नेपालीहरूले नेपालीसँग नै रोजगारी पाऊनु पक्कै पनि गर्वको क़ुरा हो ।

जति शँख्यात्मक रूपमा नेपालीहरू छन त्यती सॉगठिक रूपमा एकता वद्द् भै दिए नेपाली समाजले अमेरिकामा आफ्नो छुट्टै गर्विलो पहिचान वनाऊने सम्भावना ठूलो छ ।

साँगठनिक वा विषेशसमुहगत रूपमा एकतावद्द भई स्थानीय प्रशासनिक, राजनैतिक र सामाजिक क्षेत्रमा सँलग्न हुनेहो भने हामि नेपालीहरूले दीर्घकालीन रूपमा आफ्नो पहिचान वनाऊन सक्छौ । जुन पछिल्ला पिढीहरूलाई गौरवको विषय वन्ने छ ।

राजनिती, जात जाती, वर्ग र स साना समुदायमा झुन्ड झुन्डमा विखन्डित नेपाली समाजलाई एऊटा सवल र सक्षम माध्यमवाट एकत्रित गर्दै आफ्ना आधारभूत आवस्यकता, समस्या लाई समाधान गर्न सक्ने एक आडभरोसाको सँगठन वनाऔं ।

आ आफ्नो क्षेत्रवाट जे सकिन्छ सोहि क़ुराको पहल कदमी गरौ । विदेशमा वसेर पनि गर्विलो तरिकावाट हामी नेपाली हौ । यो हाम्रो आफ्नो पन हो । नेपाली मुलका हुनुको गौरव र शान आफ्ना सन्ततिहरूलाई दिन सकियोस ।

एन आर एन चुनावलाई सहि सदुपयोग गरौ । राम्रा मान्छे चुनौ र ऊनीहरूलाई खवरदारी गरौ । यो र त्यो भन्दापनि सामुहिक दायीत्व वहन गर्न सक्नेहरूलाई मौका दिऔ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com