करोडौं हिनामिना गरी अमेरिका पुगेका खनाल भन्छन् – ‘म यसरी फसें’


प्रकाशित मिति : बैशाख १०, २०७४ आईतबार

करोडौं रकम अनियमितता गरी फरार रहेका कैलाश विकास बैंकका पाखरास्थित लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनालले खुल्ला पत्र लेख्दै आफूले बैंक तथा सर्वसाधकारणको रकम हिनामिना गरेको स्वीकार गरेको खबर प्रकाशित भएको छ ।

चैत ३१ गते राती साढे ७ बजेसम्म कार्यालयमै काम गरिरहेका खनाल करोडौं रकम अनियमितता गरी बैशाख १ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमार्फत अमेरिकातर्फ उड्न सफल भएका थिए । खनालले अमेरिका पुगेर  फेसबुकमार्फत खुल्लापत्र लेखेका हुन् ।

आफूले रकम दुरुपयोग गरेको स्वीकार गर्दै खनालले सो पैसा आफूले नभई अरुले नै चलाएको प्रष्टिकरण दिएका छन् । अरुकै कारण आफू डुबेको र यस्तो अपराध गर्न बाध्य भएको उनले लेखेका छन् । आफुलाई डुबाउनेहरुको नाम किटान गर्दै खनालले उनीहरुलाई उम्किन नदिन माग समेत गरेका छन् ।

उनले रकम स्पस्ट नखुलाई मुख्य रकम प्रयोग गर्ने ५ जना, १० लाख रुपैयाँसम्म रकम प्रयोग गर्ने २ जना र ५ लाख रुपैयाँसम्म रकम प्रयोग गर्ने २ जनाको नाम उल्लेख गरेका छन् ।

पत्रमा खनालले नराम्रो व्यक्तिको संगतले आफु फसेको बताउदै चर्को ब्याजमा रकम लेनदेन गर्दै जादा आफु फसेपछि नचाहदा नचाहदै बैंकको रकम समेत चलाउन पुगेको उल्लेख गरेका छन् ।

पत्रमा खनालले आफुले व्यक्तिगत प्रयोजनका लागी उक्त पैसा खर्च नगरेको दाबी गर्दै सबैको राम्रो गर्छु भन्दा देशनै छाड्नुपर्ने स्थिति आयो भनेका छन् । खनालले घरपरिवार , इस्टमित्र, साथीभाइ तथा सुभेच्छुकहरुलाई पिडा दिएको कारणले आफु अब जिन्दगीभर खुशी हुन नसक्ने उल्लेख गरेका छन् ।

आफूलाई कसैले समाउला भन्ने त्रास नभएको उनले लेखेका छन् ।

बैंकले गत बैशाख ३ गते नै खनालविरुद्ध नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) मा उजुरी दिएको छ । सीइआबीकी प्रवक्ता मिरा चौधरीले खनाल बैशाख १ गते नै विदेशिएको जानकारी दिँदै इन्टरपोलमार्फ भएपनि उनलाई समात्ने जानकारी दिइन् ।

खनालले लेखेको खुल्ला पत्र 


आदरणीय , मित्रहरू , इष्ट मित्रहरू ,घर परिवार , तथा शुभ चिन्तकहरु मा मेरो नमस्कार ।

२०७४ बैशाख १ गते बेलुकासम्म राम्रै भनियेको मानिस, बैशाख ३ गते बाट एका यक नराम्रो , फटाह, चोर र भगुवा भयेको छ । यो समय को खेल रहेछ । मैले जिन्दगीमा कसैको नराम्रो सोचिन । जस्ले जति बेला जे भन्छ्न तेस्को लागि रात दिन भनिन । बोरु घर परिवार लाई समय दिन सधै दोस्रो सोचमा राखे । स्वभावैले म सबैको राम्रो नै होस भन्ने चाहन्थे । येहि स्वभाव का कारण नै आज म देश छोड्न बाध्य भयेको छु। मन भरी पिडा र छट पटा पन मात्रै भैरहेको छ । यहा कसैले समाउला देख्ला भन्ने किन्चित छैन बोरु, मन भरी का बयेथा ओक्ल्न पाये हुन्थ्यो मत्रै भइरहेको छ । मेरो जिन्दगी बच्चा बाटै मध्यम खालको थियोे ।

बा, आमा, हजुर आमा हरुले दुखै गरेर पढाउनु भयेको हो , आरोह अबरोह पार गर्दै , बैंक मा जगिर खायेको हो । बैंक मा जागीर खादा येक पटक उच तहमा पुग्ने चाहना नहुनू पनि अश्वाभाबिक थिएन तेसैको लागि, सस्था प्रती मेरो लगाब सधै रहि रह्यो । बि. बि. ए. पढ्दा पोखरामा एफएम बल्ल भित्रीएको थियो । रेडियोबाट राम भक्त जोजि ज्यु को -उडेर जुन छुन्छु भन्थे गित निकै बज्थ्यो । मैले पनि केही पटक फर्माइस गरेको थिए , सायद आज मेरो जीवन तेस्तै भयेको छ ।

सबै को जिवनमा राम्रा नराम्रा मान्छे हरु संगत गर्न आइपुग्दा रहेछन् मेरो जिबनमा पनि आये तिनीहरु लाई चिन्न नसक्नु मेरो ठुलो भुल भयो । बिगत ५ बर्ष देखि म तिनै मानिसको संगत मा परे, जश्ले एक पछी अर्को आर्थिक सहयोग माग्दै गए म बीचमा बसेर सहयोग गर्दिय । प्रतेक पटक येति गर्दिनु भयो भने १० दिन १५ दिन १ हप्ता पछी हाम्रो हिसाब मिल्छ भन्दै गए।

चर्कै ब्याज मा लिने दिने राजि भये पछी मिलाउन न त कारोबार भन्ने सोचे र बिचमा बसेर कारोबार गराइदिए । सुरु मा केही रकम मलाइ पनि न आयेको होईन तर बिस्तारै उनिहरुले रकम नदिने तर लिन पर्ने मान्छे हरु म सङ्ग आउने भये पछी फेरि अर्को सङ्ग ब्याज सहितको रकम माग्दै दिन थाले नत्र आफुलाइ मुछि दिन्छ्न कि जस्तो डर लग्दै गयो । उनिहरुले नै तिर्नुपर्ने भये पछी म किन नराम्रो हुने भन्ने सोचे । एक पछि अर्को मान्छे लाई २० लाख ,३० लाख, ४० लाख सम्म गर्दिनुहोस तेस पछी हामी मिलाउछु भन्दै गए। हिसाब मिल्छ कि भन्दै लगानी कर्ता लाइ भन्दिदै गए ।

ब्याज लिने मान्छे हरु एकै दिनमा, दुई दिन मै वा एक हप्ता मा नै राम्रो ब्याज पाउने भये पछी दिदै गय । पैसा फिर्ता पायेको केही समयमा काम छैन भनेर सोधपुछ गर्थे, अनि फेरि अर्को लाई तिर्न केही समस्या हुने थिएन । यसरिनै रकम एक पछी अर्को गर्दै १, को २ , २ को ४ हुँदै गयो, आफू रोकिनु जुन सुकै बेला घातक हुने थियोे । लगेका ले पैसा नदिने, पैसा लगानी गर्ने हरुलाई आफ्नो इज्जत जोगाउन दिन दिनै ओल्टाइ, पोल्त्टाइ गरिदिनु पर्ने, यो संगै रकम को साइज पनि ठुलै पुग्यो । आन्तिम दिन हरु मा बाध्येताले बैंक लाई नै छुन पर्ने भयो । एक रति पनि मन मा थिएन यसो गर्नु पर्ला भन्ने तर बाध्यता बन्दै गयो ।

कागजको जस्तो लाग्ने कारोबारमा वास्तविक पैसा प्रयोग हुन थाले पछी र पैसा लगेका हरु अज क्लोजिइङ मिलाउन पाये सबै मिल्छ भन्न थाले पछी म हिंड्नु बाहेक केही अरु उपाय भएन । आफ्नो सबै उजाडिए पछी कसैलाई केही नभनी म हिडे । एत्रो करोबार हुँदा पनि मैले न नजिकका साथीभाइ लाई भने न श्रीमती न घर परिवार र आफ्न्त कसैलाई भने । कि सुरुमै भनेको भये कसैले येस्तो गर्न हुन्न भन्थे होलान् तर रकम ठूलो भये पछी सबैले आफुलाइ नै मूर्ख भन्ने डर ले आफू भित्रै दबाइ रहे ।

कसैको पैसा मैले आफ्नो बक्तिगत प्रयोगमा प्रयोग गरेको छैन बोरु आफ्नै बोनस लगायत का पैसाहरु उनिहरुकै हिसाब मिलाउन प्रयोग भयेका छन । जो सुकै ले हेर्न अनुसन्धान गर्न सक्छ, हामिले अस्वाभाविक धन आर्जन गरेको, वा, जग्गा तथा शेयर किनेको भए । कति पीडा लुकाएर बसे होला म , आज आफै चकित परेको छु । न कसैले पीडाको अनुभव गरे, न कसैले भेउ पाये, म आफै भित्र पिल्सिय मात्र । येस्तो हालत मा पुर्याउने सुन्दर जीवन माटोमा बिल्याउने निम्न ब्याक्तीहरु बाट नै रकम हरु असुली गरिइउन , उनिहरु उम्किन नपाउन भन्ने नै मेरो आश्ये हो ।

मुख्य रकम प्रयोग गर्ने व्यक्तिहरु
१. पुर्ण बहादुर थापा- हाल नयाँ गाउँ, पोखरा ।
२. कृष्ण कुमार राजभण्डारी- नयाँ बजार, पोखरा ।
३. अ्मृत पण्डित- हाल बुढी बजार ।
४. रबि जिम्बा- हाल पोखरा ५, पर्श्याङ
५. अमर कुमार श्रेष्ठ- सबिक देउराली , हाल बिरौटा
१० लाखसम्म मात्र प्रयोग गर्ने व्यक्तिहरु

६. शंकर पौडेल- दमौली ।
७. नरेन्द्र जि. सि- साबिक पर्वत । हाल चितवन ।

५ लाख सम्म मात्र प्रयोग गर्ने व्यक्तिहरु

८. शिव बास्तोला, कुमार- हाल नयाँ बजार
९. राजेश कुवर- बगाले टोल ।

जो जस्ले सुरु बाटै लगानी गरेर आफ्नो पैसाको १ गुणा देखि ४, ५ गुणा सम्म प्रतिफल लि सक्नु भयेको छ, उहाँहरूले अन्तिममा दियेको सवा को लोभ गरे पनि तपाईं हरुकै कारण आज रकम ठूलो भयेको हो ।

उति बेला केही धितो नराखी जति पनि रकम दिनु भयो तपाई हरुले तेसरी कमाउने लोभमा नदियेको भये म येस्मा मुछिनु पर्ने थिएन । नयाँ मानिस हरु जस्ले अन्तिम समयमा सहयोग गरेर पीडित हुनु हुन्छ, म उनीहरु प्रती अत्यन्त दुखी छु । मेरो मन जलिरहेको छ ज । तपाईंहरु को विश्वासलाई मैले जोगाउन सकिन । राम थापा सर , म जस्तै पीडित हुनुहुन्छ होला । उहाँ ले पनि धेरै नै बिश्वास गरेर । बिहान बेलुका , रात नभनी, पैसा दिनु भयो, उहाँ ले पनि अरु संगै मागेर दिनु भयेको मलाई थाहा छ । मिल्दै जाला भन्ने आश उहाँ मा पनि थियो होला । तर मिल्न सकेन । कति सकिन्छ माथी उल्लेखित ब्याक्तीहरु संग उठाउनु होला । ब्याज ले साबा कभर गरि सकेका लाई पक्कै तिर्न गाह्राे हुन सक्छ । न पैसा आज तपाईं संग छ । न म सग ।

साना तिना रकम समाजमा चलेको ब्याज दर मा दिने हरु पनि कति दुखी छन होला । रकम दिन सक्ने अवस्था मा उनिहरुलाइ प्राथमिकता दिनु होला ।

म त अब जिन्दगीभर खुशी हुन सकिन, श्रीमती , छोरीहरु, बा, आमा , हजुरआमा , बहिनी , नजिक का इस्ट मित्र साथी भाइ सुबेकक्षुकहरु लाई सार्है पिडा दिए , एउटा् सिङो जीवन बुढा पाकाको एउटा उखान सिक्न बित्यो- कसैको सुति नपस्नु ….। अब के नै गर्न सकिन्छ र । निर्दोष परिवार का सदस्यहरु को सुरक्षा र मानवीय सम्मान होस् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com