यो नम्बरबाट फोन आयो ? कुनै सुचना नदिनुहोला
प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार
८०० ३२३ ८६०३ । यो नम्बर हो अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत अफिस अफ इन्सपेक्टर जनरलको । तर यो नम्बरबाट फोन आएमा कुनै सुचना नदिन अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत अफिस अफ इन्सपेक्टर जनरलले नै सर्वसाधारणहरुलाई सचेत गराएको छ ।
ठगहरुले अमेरिकामा कलर आईडीमा यो नम्बर आउने गरी मिलाएर सर्वसाधारणहरुलाई फोन गरेर उनीहरुबारेका सुचना प्रमाणिकरण गर्न भन्दै विभिन्न प्रश्नहरु सोधेर व्यक्तिगत सुचनाहरु चोरी गरिरहेको जनाइएको छ । उनीहरुले आफू अमेरिकी अध्यागमनका अधिकारीहरु भएको बताउँदै रकम माग्नेदेखि सुचना चोर्नेसम्मका काम गरिरहेको सरकारले जनाएको छ ।
कलर आईडीमा यो नम्बर आउनेगरी मिलाएर ठगले फोन गर्ने गरेपनि कलब्याक गर्दा भने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत अफिस अफ इन्सपेक्टर जनरलको कार्यालयमा पुग्ने गर्छ । त्यसैले यो नम्बरबाट फोन आएमा कुराकानी नगर्न र कसैले व्यक्तिगत विवरण वा रकम मागेमा तुरुन्त फोन राखेर युएससीआईएसको ८०० ३७५ ५२८३ मा फोन गरेर सोध्न सरकारले सर्वसाधारणलाई सुचित गरेको छ ।
युएससीआईएसले कहिले पनि फोन वा इमेलमार्फत रकम नमाग्ने र रकम आवश्यक भएमा हुलाकी पत्रमार्फत मागिने पनि स्पष्ट पारिएको छ ।