अमेरिकी राष्ट्रपति चुनावमा नेपाली अमेरिकनको मतदान (फोटो फिचर)
प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार
अमेरिकी राष्ट्रपति चुनावको मुख्य दिन आउन बाँकी नै छ । तर पनि हुलाकबाट मतपत्र पठाएर र अग्रिम मतदानमा सहभागी भएर मतदान गर्नेहरुको संख्या पनि उल्लेख्य नै छ । जसमा नेपाली अमेरिकनहरु पनि सकृय सहभागी भइरहेका छन् । यो चुनावमा मतदान गर्ने अधिकारप्राप्त नेपाली अमेरिकनहरुको संख्या पनि उल्लेख्य छ ।
अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । नेपाली अमेरिकन बाबुआमाबाट अमेरिकामा जन्मिएर मतदानका लागि योग्य भएकाहरु समेत गरी यसपटकको चुनावमा ५० हजार बढी नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेको अनुमान गरिएको छ ।
अमेरिकामा रहेका नेपाली अमेरिकन अमेरिकाको राष्ट्रपति चुन्ने चुनावमा कसरी सहभागी भइरहेका छन् ? फोटो फिचर । कभर फोटोमा मतदानस्थलमा पोल वाचर र च्यालेन्जरका रुपमा मेरिल्याण्ड राज्यका सांसद नेपाली अमेरिकन ह्यारी भण्डारी ।