यस्तो छ न्युयोर्कमा लक्ष्मीपूजा र भाइटिकाको साइत


प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार

नेपालमा लक्ष्मीपूजा र भाइटिका गरिसकेपछि अमेरिकामा पनि लक्ष्मीपूजा र भाइटिका गर्न सकिने भएको छ । न्युयोर्क निवासी ज्योतिष पण्डित उद्धव शास्त्रीका अनुशार न्युयोर्कमा नोभेम्बर १४ मा लक्ष्मीपूजा र नोभेम्बर १६ मा भाइटिका गर्न सकिने भएको छ ।

लक्ष्मीपूजाको उत्तम साइट नोभेम्बर १४ शनिबार न्युयोर्क समय अनुशार बेलुका ५ बजेर २७ मिनेटदेखि ७ बजेर १२ मिनेटसम्म रहेको छ । यो समयमा गर्न अनुकुल नभए बेलुका ८ बजेर ५७ मिनेटदेखि रातीको १२ बजेर २८ मिनेटसम्म पनि लक्ष्मीपूजा गर्न सकिने । सूर्यास्तदेखि ५ बजेर २६ मिनेटसम्म कालबेला परेकाले त्यो बेलामा लक्ष्मीपूजा नगर्न सुझाव दिइएको छ ।

त्यस्तै भाइटिका न्युयोर्क समय नोभेम्बर १६ सोमबार विहान ९ बजेर ५९ मिनेटदेखि ११ बजेर १३ मिनेटसम्म गर्दा शुभ हुने शास्त्रीले जानकारी दिनुभयो । त्यसमा पनि सबैभन्दा उत्तम बेला ११ बजेको समय रहेको उहाँले बताउनुभयो । त्यो बेला नभ्याएमा १ बजेर २४ मिनेटदेखि २ बजेर ५६ मिनेटसम्म भाइटिका लगाउन शुभ छ ।

ज्यो. पं. उद्धव शास्त्री

भाइटिकाको दिनमा मृत्युवाण पनि भाइटिका एउटा पर्व भएकाले मृत्युवाणको विचार गर्न नपर्ने शास्त्रीले जानकारी दिनुभयो । ब्रतबन्ध गर्दा रोगबाण, घर छाउँदा अग्नीवाण, लामोयात्रा गर्दा चोरवाण र विवाह गर्ने समयमा मृत्युवाण हेर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो । मृत्युवाण मृत्युयोग नभएको उहाँले स्पष्ट पार्नुभयो ।

भाइटिका एउटा पर्व भएकाले मृत्युवाणको विचार गर्न नपर्ने र ढुक्कसाथ भाइटिका गर्नसकिने उहाँले बताउनुभयो । मृत्युवाण र बुधबार एकसाथ परेमा भने त्यो दिन विवाह नगर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

भाइटिकाको तिथी अमेरिकामा पनि सोमबार राती ८ बजेर २३ मिनेटसम्म चल्ने भएकाले नेपालमा भाइटिका लगाएपछि अमेरिकामा भाइटिका लगाउन सकिने भएको हो । भाइटिकाको तीथिको सुरुमा नेपालमा मनाउने र अमेरिकामा मनाउँदा तीथिको पछिल्लो भाग हुने उहाँले बताउनुभयो । नेपालमा सोमबार ९ बजेर १२ मिनेटपछि भाइटिकाको कात्तिक शुल्क द्वितीया सुरु हुने अमेरिकामा सोमबार राती ८ बजेर २३ मिनेटसम्म बस्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com