बुढानिलकण्ठ १ बाट एमालेको प्यानलनै विजयी
प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार
काठमाडौंको बुढानिलकण्ठका वडा नम्बर १ बाट एमालेको प्यानलनै विजयी भएको छ । निवार्चन अयोगका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ बाट एमालेका श्रीकृष्ण श्रेष्ठको प्यानलनै बिजयी भएको हो । अन्य क्षेत्रबाट पनि मत परिणाम आउने क्रम जारी छ ।
मतगणना भइरहदा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । २८ स्थानमा काँग्रेस अगाडि देखिएको छ भने २६ स्थानमा एमाले अगाडि देखिएको छ । माओवादीले १४ स्थानमा अग्रता लिइरहेको जनाइएको छ ।
आइतवार भएको मतदानमा देशभर झण्डै ५० हजार उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । २० बर्षमा भएको स्थानीय तहको चुनावमा मतदाताहरु पनि निकै उत्साहित ढंगले सहभागी भएका थिए । कुल मतदाताहरुमध्ये ७१ प्रतिशत मतदान गरेको निर्वाचनलाई सफल रुपमा हेरिएको छ ।
सबैभन्दा ठूलोमध्येको निर्वाचन क्षेत्र काठमाडौंमा झण्डै १ मिटर लामो मतपत्र रहेको थियो भने ८७८ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।
नेपालमा यसअगाडि सन् १९९७ मा स्थानीय निकायको निर्वाचन भएको थियो । जसको पाँचबर्षे कार्यकाल सन् २००२ मा सकिएको थियो । त्यसपछि नेपालको राजनीतिक अवस्थाका कारण स्थानीय चुनाव हुन सकेको थिएन ।