लन्डनमा कोरोनाबाट ३२ वर्षीया नेपाली महिलाको निधन
प्रकाशित मिति : पुस २७, २०७७ सोमबार
कोरोना संक्रमणका कारण बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । लन्डनमा बस्दै आएकी ३२ वर्षीया ती महिलाको आइतबार निधन भएको जनाइएको छ ।
मृतकको परिवार निकट स्रोतले दिएको जानकारी अनुशार कोरोना संक्रमित ती युवतीको उपचारकै क्रममा निधन भएको हो ।
कोरोना संक्रमणपछि नेपाली महिलाको अल्पायुमै निधन भएकोमा बेलायतको नेपाली समुदाय शोकमग्न बनेको छ । उनको निधनमा शोक जनाउँदै सामाजिक सन्जालमा श्रद्धान्जली व्यक्त गरिएको छ ।
अहिलेसम्म सार्वजनिक भएअनुसार बेलायतमा कोरोनाको कारण ज्यान गुमाउने नेपालीको संख्या ७५ कटेको छ । तर उनीहरुमध्ये ५० वर्षभन्दा कम उमेरमै मृत्यु हुनेहरु कम छन् । यसअघि ननिटन बस्दै आएकी एक अर्की महिलाको पनि ३२ वर्षकै उमेरमा निधन भएको हो ।