बुढानिलकण्ठ केसीएल कोलोनीमा बन्ने १३ घरको बुकिङ खुला, १५ प्रतिशतमा अमेरिकाबाटै बुकिङ
प्रकाशित मिति : माघ २५, २०७७ आईतबार

काठमाडौं क्यापिटल लिमिटेडको सबसिडरी कम्पनी केसीएल डेभलपर लिमिटेडले बुढानिलकण्ठमा निर्माण गर्ने केसीएल कोलोनीमा १३ वटा घरका लागि बुकिङ खुला गरिएको छ । बुकिङ गर्न चाहनेहरुले कुल मूल्यको १५ प्रतिशत रकम बुझाएर अमेरिकाबाटै समेत बुकिङ गर्नसक्ने जनाइएको छ ।
तारे होटलको डिजाइनमा पहिचान बनाएको डिजाइन सेलको क्लासिकल टचअप डिजाइनमा कोलोनी बन्न लागेको कम्पनीले जनाएको छ । २० फिट चौडाईको सडक सहित ७ रोपनी ८ आनामा फैलिएको उक्त कोलोनीमा ६ देखि साढे ९ आनासम्म जग्गामा घर बन्ने कम्पनीले जनाएको छ ।
केसीएल कोलोनी काठमाडौं बुढानिलकण्ठ नगरपालिका तौलुङमा बन्दै छ । कोलोनी रिङरोडबाट करिब ६ किलोमिटर भित्र र देउबा चोकबाट १ किलोमिटरभित्र रहेको छ । कोलोनीबाट पश्चिम फर्किँदा काठमाडौं शहर देख्न सकिन्छ ।
तोकिएको मूल्यमा केही छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

एउटा घरको ३ करोड १० लाख देखि ४ करोड ७० लाख सम्म मूल्य पर्नेछ । घर साढे २ तल्लाको हुनेछ । घर २ हजार देखि २४ सय वर्गफिटसम्मको रहनेछ । औसतमा २२ सय वर्गफिटको हुनेछ । खासगरी जग्गाको क्षेत्रफल र घरको भूगोलका आधारमा मूल्य घटीबढी रहेको कम्पनीले जनाएको छ ।
कोलोनीमा केही घरका लागि बुकिङ भैसकेको भने सुरुका बुकिङलाई विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । १ वर्षभित्र सबै घर निर्माण भइसक्ने पनि कम्पनीले जनाएको छ ।
घरधनीसँग सम्झौता गर्दा निर्माण सामाग्रीको प्रकारसहित विस्तृतमा सम्झौता हुने जनाइएको छ । निमार्ण गर्दा प्रयोग हुने सामाग्री आईएसओ सटिफाइड हुने ब्रान्डेड सामाग्री प्रयोग गर्ने कम्पनीले जनाएको छ । घर निमार्ण हुँदै गर्दा इन्टेरियरमा घरधनीले केही डिजाइन समेत परिवर्तन गर्न सक्नेछन् ।
किचन लगायत सिटिङ रुमको डिजाइन घरधनीले छान्न पाउनेछन् । एउटा घरमा २ वटा गाडी पार्क गर्न सकिने छ भने ४ कोठा, ४ बाथरुम र एक किचन हुनेछ । मोडुलर किचन सेट र बाथरुम सेट उपलब्ध हुनेछ । कोठामा वयरिङ क्लोथसेट समेत हुनेछ भने घरमा बेड, सोफा, डाइनिङ टेबल भने घरधनि आफैले खरिद गर्नुपर्नेछ ।
कोलोनीभित्र गार्ड हाउस र मन्दिर पनि रहनेछ । कोलोनीभित्र पानीको व्यवस्थाको लागि वाटर पिउरिफाइङ सिस्टम सहितको सिस्टम जडान हुनेछ । १२ डिग्री स्लोपमा बन्ने कोलोनीको माटो परिक्षण र स्लोप टेष्ट भइसकेको छ ।
बुक गर्न चाहनेहरुले +977 984-7695270 मा फोन गर्न वा info@kclcolony.com मा इमेल गर्न सक्नेछन् । तत्काल थप जानकारी लिन चाहनेहरुले फेसबुक पेजमार्फत पनि सम्पर्क गर्न सक्नेछन् । थप जानकारीका लागि ह्वाट्सएपमार्फत निकिता मुखियालाई +977 9843062977 मा सम्पर्क गर्न सकिनेछ ।
सबै १३ वटा घरको डिजाइन हेर्नुहोस्
घरको आन्तरिक डिजाइनका केही तस्वीर