अमेरिकाबाट मेक्सिको र क्यानडा अत्याश्यक बाहेकको आवतजावतमा मे २१ सम्म रोक
प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार
अमेरिकाबाट मेक्सिको र क्यानडामा स्थलमार्ग र फेरीबाट अत्याश्यक बाहेकको आवतजावतमा मे २१ सम्म रोक लगाइएको छ । यो रोक बुधबारसम्मसम्म रहेकोमा एकमहिना थप गरिएको हो ।
अप्रिल २१ मा यस्तो रोक लगाएको १३ महिना पुगिसकेको छ । सुरुमा सन् २०२० को मार्च २० देखि कोरोनामहामारी नियन्त्रणका लागि यस्तो रोकको घोषणा गरिएको थियो । त्यसपछि एकएकमहिना गरेर यो रोक कैयन पटक लम्बिएको छ ।
मेपछि पनि यो रोक अझै लम्बिनसक्ने अनुमान गरिएको छ । सीबीपीले यात्रा गर्न पाउने र नपाउनेहरुका लागि अत्यावश्यक कामदार र अन्यमा बर्गिकरण गरेको छ ।
अमेरिका फर्कन लागेका अमेरिकी नागरिक र ग्रिनकार्डवाहकहरु, कार्गो बोकेका ट्रकहरु, अमेरिकामा काम गर्न आउनेहरु, अमेरिकामा पढ्न आउनेहरु, जनस्वास्थ्य र आपतकालिन सहायताका लागि आउनेहरु, अमेरिकी सेनाका परिवारका सदस्यहरु र सीबीपीले अत्वाश्यक निर्धारण गरेका अन्य व्यक्ति भने अमेरिका आवतजावत गर्न पाउनेछन् ।