टेक्सास यूलेस सिटी काउन्सिल सदस्यमा नेपाली मुलका पौडेल उम्मेदबार
प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार
अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकहरुको प्रवेश तथा सक्रियता बढ्दो छ । नेपाली मुलका अमेरिकी नागरिकहरु यहाँको राजनीतिमा सक्रियता पूर्वक काम गरिरहेका छन् ।
यसैक्रममा अहिले अमेरिकाको टेक्सास राज्य अन्र्तगत यूलेस काउन्सिल सदस्यमा नेपालीमुलका अमेरिकी नागरिक टिका पौडेल उम्मेदवार छन् । अप्रिल २७ तारिख सम्म अग्रिम मतदानको समय छ । मे १ तारिख मतदानका लागि अन्तिम दिन हो ।
नेपालको चितवन जिल्लामा जन्मिएका पौडेल करिव १५ बर्षदेखी अमेरिकामा छन् । नेपालमा प्राद्यापन पेशामा संलग्न थिए ।
‘म समुदायको सेवामा निरन्तर सक्रिय छु, नेपाली समुदायका सबैको सहयोगले म यो अभियानमा छु ।’ पौडेलले नेपाली समुदायले गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै, अग्रिम मतदानमा सहभागि हुन आग्रह गरेका छन् ।
यूलेस सिटीमा झण्डै ५ सय नेपाली अमेरिकन मतदाता रहेको अनुमान गरिएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको टेक्सास राज्य अन्तरगत यूलेसमा करिव ८ हजार नेपालीहरु छन् ।
सिटी काउन्सिलले स्थानिय सुरक्षा, पार्क, पूर्वाधार निमार्ण लगायतका नीतिहरु बनाउने काम गर्दछ । सिटी काउन्सिलमा मेयर लगायत ७ जना सदस्य हुन्छन् ।