अमेरिकाको मेक्सिको र क्यानाडासँगको स्थल नाका जुन २१ सम्म बन्द


प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार

मेक्सिको र क्यानडासँगको अमेरिकी सिमामा आवतजातव जुन २१ सम्म नै बन्द हुने भएको छ । अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि अब जुन २१ सम्म आवतजावत गर्न नपाइने भएको छ ।

यो रोक मे २१ सम्म  रहेकोमा एकमहिना थप गरिएको हो । मे २१ मा यस्तो रोक लगाएको १४ महिना पुगिसकेको छ । सुरुमा सन् २०२० को मार्च २० देखि कोरोनामहामारी नियन्त्रणका लागि यस्तो रोकको घोषणा गरिएको थियो । त्यसपछि एकएकमहिना गरेर यो रोक कैयन पटक लम्बिएको छ ।

सीबीपीले यात्रा गर्न पाउने र नपाउनेहरुका लागि अत्यावश्यक कामदार र अन्यमा बर्गिकरण गरेको छ ।

अमेरिका फर्कन लागेका अमेरिकी नागरिक र ग्रिनकार्डवाहकहरु, कार्गो बोकेका ट्रकहरु, अमेरिकामा काम गर्न आउनेहरु, अमेरिकामा पढ्न आउनेहरु, जनस्वास्थ्य र आपतकालिन सहायताका लागि आउनेहरु, अमेरिकी सेनाका परिवारका सदस्यहरु र सीबीपीले अत्वाश्यक निर्धारण गरेका अन्य व्यक्ति भने अमेरिका आवतजावत गर्न पाउनेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com