अब हरेक साता टर्की र कतारका लागि तीन नियमित उडानमार्फत विभिन्न मुलुक जान सकिने


प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार

अब हरेक साता नेपालबाट टर्की र दोहाका लागि हुने तीन नियमित उडानमार्फत विभिन्न मुलुक जान सकिने भएको छ । जस अन्तरगत हरेक सोमबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले दोहाका लागि नियमित उडान भर्नेछन् भने हरेक बिहिबार टर्किस एयरलाइन्सले इस्तानबुलका लागि उडान भर्नेछ ।

यी उडानहरुमार्फत दोहा र इस्तानबुलबाट कनेक्सन उडानमार्फत अरु मुलुकहरुमा पनि जान सकिनेछ । नेपाल एयरलाइन्सले जुन ७ देखि लागु हुनेगरी हरेक सोमबार राती १० बजे दोहाका लागि उडान भर्नेछ । त्यस्तै कतार एयरलाइन्सले पनि जुन ७ देखि नै हरेक सोमबार विहान ११ बजेर ५ मिनेटमा दोहाका लागि उडान भर्नेछ ।

टर्किस एयरलाइन्सले जुन ३ देखि लागु हुनेगरी हरेक बिहिबार राती ११ बजेर ५ मिनेटमा इस्तानबुलका लागि उडान गर्नेछ । त्यस्तै हरेक बुधबार नेपाल एयरलाइन्सको विमान दिल्ली प्रस्थान गर्नेछ भने एयर इन्डियानको उडान पनि हरेक शुक्रबार दिल्ली जानेछ ।

आउने र जानेगरी सातामा कुल १० वटा उडानहरु हुने भएका छन् । ती उडानमार्फत नेपाल आउन चाहनेहरु र नेपालबाट जान चाहनेहरु स्वास्थ्य मापदण्ड र सरकारी नियमको पालना गरे आवतजावत गर्नसक्नेछन् ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com