अमेरिकामा थपिएका ‘अस्थायी गैरकृषि कामदार भिसा’का लागि ५ दिनमा नै आवेदनको कोटा पूरा


प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहीबार

अमेरिकामा मे २५ बाट आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बीका लागि आवेदन खुला गरिएकोमा १६ हजारका लागि तय भिसामा आवेदनको कोटा पूरा भएको छ ।

आर्थिक बर्ष २०१८, २०१९ र २०२० मा अस्थायी गैर कृषि कामदार एच टु बी भिसामा रहेका र फेरी काममा फर्केका कामदारहरुका लागि उपलब्ध १६ हजार भिसा भिसाका लागि प्रयाप्त आवेदन प्राप्त गरिसकेको युएससीआईएसले जनाएको छ ।

आवेदन खुला गरेको ५ बिजनेश दिनमा नै १६ हजार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त भएको हो । प्राप्त आवेदनहरुबाट लोटरी प्रणालीमार्फत १६ हजार भिसाका लागि आवेदकहरु छनौट गरिनेछ । छनौट भएकाहरुले बाँकी प्रकृया अगाडि बढाउन सक्नेछन् ।

त्यस्तै काममा पुन फर्कने कामदारको मापदण्डबाट छुट पाएका एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालाका कामदारका लागि उपलब्ध बाँकी ६ हजार भिसाका लागि भने आवेदन लिनेक्रम जारी रहेको छ ।

यो भिसामा कामदारहरु ल्याउनका लागि रोजगारदाताले यदि अस्थायी कामदार नल्याएको खण्डमा ब्यापारमा नोक्सान पुग्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ । उक्त कामका लागि कामदार अमेरिकामा उपलब्ध नभएको, अमेरिकामा हुनेहरु काम गर्न इच्छुक नरहेको वा योग्य नभएको समेत प्रमाणित गर्नुपर्छ । त्यस्तै यो भिसाका लागि कामदार आफैले भने आवेदन दिन मिल्दैन, रोजगारदाताले आवेदन दिनुपर्छ ।

यो भिसाका लागि आवेदन दिने नियमित कोटा भने गत फरबरी १२ मा नै पुगेको थियो । त्यसैले थप संख्याले थप कामदारका लागि अवशर श्रृजना भएको हो ।

रोजगारदाताले पहिले नै एच टु बी भिसामा अमेरिकामा रहेका कामदारहरुलाई पनि नयाँ आवेदन स्वीकृति हुँदासम्म प्रतिक्षा नगरिकनै काममा राख्न सक्ने भएका छन् । अतिरिक्त कोटा आर्थिक बर्ष सन् २०२१ का लागिमात्र लागु हुने र आगामी आर्थिक बर्षको संख्याबाट नघटाइने जनाइएको छ ।

 

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com