अमेरिकी अनुसन्धान टोली हैटी पुग्यो, सैन्य सहायता भने पठाएन


प्रकाशित मिति : असार २८, २०७८ सोमबार

अमेरिकाले हैटीमा सैन्य सहायता पठाउनेबारे कुनै निर्णय गरेको छैन । तर अनुसन्धानका लागि अनुसन्धानकर्ताहरुको टोली आज हैटी पुगेको छ । राष्ट्रपति जोभेनल मोइजको हत्यापछि हैटीको सरकारले अमेरिकी सरकारसँग हैटीको सुरक्षाका लागि अमेरिकी सेना पठाउन आग्रह गरेपनि ह्वाइट हाउस र पेन्टागनले अझै पनि यसबारे विचार गरिरहेको छ ।

अमेरिकाले हैटीमा एफबीआईका अधिकारीहरु र होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु पठाउने निर्णय गरेको थियो । हैटीमा भएको घटनाको अनुसन्धानमा सघाउनका लागि अमेरिकाले एफबीआईका अधिकारीहरुलाई पठाउने निर्णय गरेको थियो ।

त्यसै अनुशार आइतबार नै अमेरिकाले प्राविधिक टोली हैटी पठाएको हो । टोलीमा राष्ट्रिय सुरक्षा परिषद्, विदेश मन्त्रालय, न्याय मन्त्रालय र गृहमन्त्रालयका प्रतिनिधिहरु समेत रहेका छन् । अनुन्धानकर्ताहरुको टोलीले हैटीका अधिकारीहरुलाई भेटेर अनुसन्धानमा सहायताबारे छलफल गरेको छ ।

राष्ट्रपति मोइजको हत्यामा २६ जना कोलम्बियन र २ जना अमेरिकी नागरिक संलग्न भएको आंशका गरिएको थियो । छन् । यसैबीच फ्लोरिडामा जन्मेका एकजना अमेरिकन चिकित्सकलाई समेत हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ती चिकित्सक हत्याका प्रमुख योजनाकारमध्येका एक रहेको दावी गरिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com