न्युजर्सीमा एनआरएनए सम्मेलन, विश्वभरका एनआरएन नेता उपस्थित (लाइभ अपडेट )


प्रकाशित मिति : भाद्र ११, २०७३ शनिबार

३ :३० –

-एनआरएनए भिजन २०२० एण्ड बियोण्डबारे वर्कसप

-शेष घलेबाट भिजन २०२० एण्ड बियोण्डको मर्म प्रस्तुत

२ : ३०- ३ :३०

सम्मेलनका संयोजक सोनाम लामाबाट उद्घाटन सत्रको समापन मन्तब्य : सम्मेलन सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद

img_0039.jpg img_0043.jpg

१ : ३० -२ : ३०

-एनआरएनए अध्यक्ष शेष घलेबाट मन्तब्य : अबको केही बर्षमा एनआरएन नेपालीहरुको मिनी राष्ट्रसंघ बन्नसक्ने

सुन्नुहोस् घलेको मन्तब्यको अडियो

– पूर्व सभामुख सुबास नेम्बाङ बाट मन्तब्य व्यक्त : संविधान कार्यान्वयनका लागि नेपालका नेताहरुलाई दवाव दिन एनआरएनहरुलाई आग्रह: भूकम्पपछि एनआरएनले नेपालमा गरेको सहयोगका लागि धन्यवाद ज्ञापन

img_0037.jpg

१२:३० – १ : ३०

-एफएनसीसीआई प्रतिनिधि चन्द्र ढकालबाट मन्तब्य
-राष्ट्रसंघका उच्च अधिकारी ज्ञानचन्द्र आचार्यको मन्तब्य
-रायष्ट्रसंघका लागि नेपाली नियोग न्युयोर्कका प्रमुख दुर्गाप्रसाद भट्टराईबाट मन्तब्य
-अमेरिकाका नेपाली राजदूत अर्जुन कार्कीबाट मन्तब्य
-विशेष अतिथि विनोद चौधरीको मन्तब्य
-संसद सदस्य मोहन बरालको मन्तब्य
-संसद सदस्य महेन्द्र यादवको मन्तब्य

 

११ :३० – १२: ३०

IMG_9578

-पूर्व संविधानसभा सभामुख सुबास नेम्बाङबाट सम्मेलनको उद्घाटन
-नेपाली र अमेरिकी राष्ट्रिय गान प्रस्तुत
-एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलबाट स्वागत मन्तब्य
-एनआरएन आईसीसी संरक्षक इन्द्रा बनबाट मन्तब्य
-एनआरएनए संरक्षक दिल गुरुङबाट मन्तब्य व्यक्त
-एनआरएनए संरक्षक देवकाजी डंगोलबाट मन्तब्य व्यक्त
-एनआरएनए पूर्व प्रमुख संरक्षक रामप्रताप थापाबाट मन्तब्य व्यक्त
-एनआरएनए प्रमुख संरक्षक जिबा लामिछानेबाट इन्टरनेटबाट मन्तब्य
-एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको मन्तब्य

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सीमा सुरु भएको छ । आजदेखि सुरु सम्मेलन २८ तारिख सम्पन्न हुनेछ । सम्मेलन “भिजन २०–२० एण्ड बियोण्ड” नारासहित आयोजना गरिएको छ । सम्मेलन न्युजर्सीको नेवार्क विमानस्थल नजिकैको डब्बल ट्रि, हिल्टन होटेलमा भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com