डिभी लोटरीका मुद्दाको संयुक्त सुनुवाई सकियो, अदालतको निर्णय आगामी केही दिनमा आउने अपेक्षा
प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार
सोमबार अमेरिकाका डिभी लोटरीबारेका झण्डै ८ वटा मुद्दाको संयुक्त सुनुवाई गरिएको छ । दिउसो १ बजे वासिंटन डिसीको अदालतमा भएको सुनुवाईमा सन् २०२० र सन् २०२१ का झण्डै ३० हजार डिभी विजेताहरुले बाइडेन प्रशासनको सामना गरे ।
झण्डै ४ घण्टा चलेको सुनुवाईमा डिभी विजेता दर्जनबढी वकिलहरुले तर्कहरु पेश गरेका थिए ।
Ready for court 💪 pic.twitter.com/3hofsEv2It
— Jonathan Aftalion (@JonAftalionEsq) July 19, 2021
वासिंटन डिसीको युएस डिस्ट्रिक्ट कोर्टमा न्यायाधिस अमित मेहता समक्ष हुने उक्त सुनुवाईमा गुडलक भर्सेज बाइडेन लगायतका कम्तीमा ८ वटा मुद्दाहरुको संयुक्त सुनुवाई भएको हो । अब मुद्दाहरुबारे अदालतले केही दिनमा नै निर्णय दिने अपेक्षा गरिएको छ ।
Hello, DVs! The hearing and status conference before Judge Mehta is over. The attorneys, including me, are on the way airports to catch their flights out of DC.
Obviously with a 4+ hour hearing, there’s a lot of information to unpack. 1/4
— Curtis Morrison (@curtisatlaw) July 19, 2021
न्यायाधिस मेहताले सन् २०२१ का कतिजना डिभी विजेताहरुले भिसा पाए र कतिजनाको भिसा अन्तरवार्ता तय भएको छ भन्ने सन्दर्भमा अमेरिकी विदेशमन्त्रालयसँग विवरण अनुरोध गरेका थिए ।
अमेरिकी विदेश मन्त्रालयले फाइल गरेको विवरण अनुशार सन् २०२१ का ३५०६ जना डिभी विजेताहरुकोमात्र भिसा जारी गरिएको छ । अमेरिकी विदेशमन्त्रालयले थप ६ हजार १८ जनाको भिसा अन्तरवार्ताको मिति तय गरेको छ । तर अब आर्थिक बर्ष २०२१ का डिभी विजेताले भिसा पाउनुपर्ने अवधि झण्डै साढे २ महिनामात्र बाँकी रहेको छ ।
अमेरिकी संसदले ५५ हजार डाइभर्सिटी भिसाको कोटा तोकेको छ । तर अमेरिकी सरकारको विदेश मन्त्रालयले आर्थिक बर्ष २०२१ मा संसदले तय गरे अनुरुप भिसा जारी नहुने सम्भावना रहेको बताउँदै आएको छ । अमेरिकाले डिभी विजेताहरुलाई सबैभन्दा कम प्राथमिकतामा राखेकोमा मुद्दाका वादीहरुले अन्य भिसा श्रेणीजस्तै डिभीलाई पनि प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।
चालु आर्थिक बर्ष २०२१ का लागि पनि ३८०१ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर कोरोना महामारी र विगतको ट्रम्पको आप्रवासन रोकका कारण अधिकांशले भिसा पाउन सकेका छैनन् । गतमहिना केही नेपाली डिभी विजेताहरुले भने भिसा पाउन सफल भएका छन् ।
गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए ।
उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।
ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।
तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।
पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।
उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।