लामो समय विदेश बसेर नेपाल फर्कनेलाई १० टिप्स
प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार
– जियस नेपाली
मलाई कलेजमा पढाउने मेरो चिनजानका गुरुङ लेक्चरले भनेको कुरा याद आउछ – ‘मैले अहिले कलेज पढाउछु पैसा पनि ठिकै कमाउँछु तर मेरो समाजका मान्छे मलाई छोरी दिन भन्दा कलेज नै नदेखी विदेश गएको लाहुरेलाई मान्यता दिएर छोरी दिन्छन् र मलाई यो ढाक्रेलाई छोरी दिए दुख पाउछे भन्छन् । यो सामाजिक सोच कहिले परिवर्तन होला ?’
नेपालीहरु कामका लागि वा बसोबासका लागि बिदेशिने परम्परागत चलन अठारौ सताब्दी बाट नै शुरु भएको हो । चाहे त्यो बाध्यताले होस वा रहरले अनी अस्थाई अर्थात कामको लागि होस वा सपरिवार वसाइसरइ किन नहोस, यो हाम्रो समाजको परम्परागत सस्कृती नै बन्न गएको छ । त्यसैले आज ६० लाख यूवा बिदेशियका छन भन्ने तथ्याङक देखिन्छ । यी मध्य अधिकांस खाडी मुलुक, मलेसिया वा कोरिया जस्ता देश जानेहरु नेपाल फकर्ने सोचमा गएका हुन्छन भने युरोप अमेरिका अस्टेलिया जस्ता बिकसित र बसाइसराइको चाजोपाजो मिलाउन मिल्ने देशमा गएकाहरु उतै सपरिवार बिदेशिने सोचमा गएका हुन्छन ।
देशको अस्थिर राजनीति र दयनिय आर्थिक अवस्थाले होस वा भौगोलिक असुबिधा र सामाजिक परम्पराले होस देश छाड्ने सस्कृतीले हाम्रो नेपाल तथा हामी नेपालीको दिर्घकालिन फाइदा त पक्कै हुदैन । तर पनि देशको रेमिटान्सको आयले केही चित्त बुझाउन बाध्य छौ । ब्यक्ति आफ्नो भविश्य र परिवारको हितका लागि बिदेशिने नेपाली हरेकको मन बिदेशी भूमीमा पुगेर कुनै क्षण रोएकै हुन्छ । कती त बिदेशको लामो बसाइले वाक्क भएर वा अन्य बिबिध समस्यागत मानसिकताले स्वदेशमा नै गएर केही गर्छु अव बिदेश बस्दिन भन्दै फकर्ने पनि धेरै हुन्छन । त्यही सोचले नेपाल फर्केकाहरु इमोसनल डिसिजनको सिकार भएका पनि छन भने बिदेशमा दुख मेहनतले आर्जेको धन र ज्ञानले नेपालमा नै राम्रो उन्नती प्रगतीको उदाहरण बनेका युवा पनि धेरै छन ।
आज मैले लामो समय बिदेश वसेर सदाको लागि नेपाल फर्कने सोच भएकाहरुको इमोसनल वा क्षणिक सोच नहोस भन्ने हेतुले केही टिप्स दिन खोजेको छु । यस्ता टिप्स धेरै छन ति मध्य केही १० टिप्स फरक ढंगले राखेको छुु ।
१ सवारी नियमको ज्ञान
तपाई लामो समय बिदेश बस्नु भएको छ र त्याहाको सवारी नियम र सवै कानून वारेमा पनि पूर्ण ज्ञाता हुनुहुन्छ, जुनकुरा संसारभरको लागि सर्वमान्य हुन्छ । अव नेपाल आए पछी यो सवै भल्नु पर्ने हुन्छ । मात्र पहिलो तपाईको ज्यान कसरी जोगाउने दोश्रो तपाइको साथको मान्छे, वा सवारी साधन सम्पत्ती कसरी जोगाउने भन्ने कुरा नै मुल मान्नुहोस । वाकी नियम कानून र अर्काको ज्यान धन भन्ने कुरा त भाग्यको खेल हो । यो नियम सवारी साधनमा मात्र हैन हरेक समाजिक क्षेत्र र कार्यहरुमा लागू हुन्छ । कुनै घटना वा र्दुघटनामा को दोषी को गैरकानूनी भन्ने खाज्नु भन्दा आफ्नो सोर्स फोर्स खोज्ने तिर लाग्नुहोस यो नै तपाइको असली ज्ञान हुनेछ न्याय मिल्नेछ ।
२ म बाहेक हरेक भगवान
नेपालमा बहुदल प्रणाली आएको ३ दशक बढि भयो । यो बहुदल अर्थात पार्टीगत प्रणालीको मुख्य उपलब्धी भनेकै कसैलाई कसैले नटेर्ने नगन्य नै हो । हरेक मान्छे भगवान हुन र छन यदी कसैलाई थोरै असर पर्यो कि रुद्र रुप धारण गर्छन किनकी उनको पछाडी सम्रक्षण गर्ने कुनै नेता, गुण्डा वा पदस्त ब्याक्ती, समूह, सम्प्रदाय वा संस्था छ जस्ले न्याय अन्याय भन्दा आफ्नो पराय मात्र छुट्टाउने हैसियत राख्छ ।
३ मान्छे देखी सर्प डराउने सर्प देखी मान्छे
यो ब्याक्तिगत समस्या हो । लामो समय बिदेश बसेर आएका सग नेपालमा रहेका उस्का आफन्त, साथी र हरेक मान्छेले हेर्ने दृष्टिकोण भिन्न हुन्छ । कि त यो पैसा कमाएर आएको ठुलो मान्छे भन्ने हुन्छ कि त उस्ले मलाई तल्लो स्तरबाट हेर्छ भन्ने स्वतहस्फुर्त हिनताबोध उत्पन्न गराउछ । फेरी उता त्यो बिदेशियर आएको मान्छेको मानसिकता पनि कि त हेपाहा हुन्छ कि त म भन्दा यो नेपालमा बसेर नै ठुलो भएछ भन्ने हुन्छ । यि दुवै सोच केवल सञ्चारको कमी मात्र हो । हामी नजिक होउ भन्ने दुवै तर्फ भावना हुदाहुदै पनि मान्छे देखी सर्प डराउने सर्प देखी मान्छे स्थिती रहन्छ ।
४ कुवेर नै सम्झने सारा समाज
नेपाली समाजको सोच लामो समय बिदेशियर फर्केका सग धेरै पैसा सम्पत्ती वा ज्ञान हुन्छ भन्ने पूर्वाअनुमानले ग्रसित हुन्छ । त्यो सत्य नहुन सक्छ । हुन सक्छ उस्ले शहरमा एउटा गतिलो घर बनाएको छ गाडी र सम्पत्ती जोडेको होला तर त्यो नै सवै खुसी हैन । उस्ले कती परिवारको माया, समाजको सामिप्यता र देशको दर्शन पाएको छ के त्यो पनि सुखी र खुसीको मापदण्ड हैन र ?
५ मुरी खन्याएर पाथी उब्जाउने
तपाई बिदेश बसेर धेरै धन कमाए वा शिक्षा अनुभव सगाले अव नेपाल फर्केर त्यो लगानी गरी धेरै कमाउछु ठुलो बन्छु भन्ने दिवा सपना देख्नु मुर्खता हो यर्थाततामा त्यस्तो नहुन सक्छ । मात्र ठान्नुहोस मेरै मातृभूमीमा गएर मुरी रोपेर मानो उब्जाउछु, सन्तोषले बाच्छु । धेरै हुने थोरै हुने भाग्य र परिस्थितीको खेल भिन्न कुरा हो ।
६ काग कराउदै रहन्छ हात्ती लम्कदै जान्छ गन्तब्य पुग्छ
नेपालमा काम गर्ने भन्दा कैयौ गुणा धेरै काम सिकाउने पाइन्छन । मेहनतले काम गरेर नै सफलता पाइन्छ भन्ने भन्दा सोझो औलाले घिउ आउदैन भन्ने मानिन्छ । दलालीले दल बनाएर बहुदलिय ब्यवस्था धानेको देश हो हाम्रो । तर पनि सही दिशामा काम गर्दै जाने हो कुनै न कुनै दिन फल अवस्य पाइन्छ । जस्ले धेरै मेहनत गर्छ उस्ले मेवा अवस्य पाउछ । अनावश्यक वाहिरी मान्छेको कुरा सुन्नुहुदैन ।
७ राजनीतिले राजा कामले काजी
नेपालमा हाइरेर्की जातिय बिभेद मात्र हैन कामकाजमा बढी नै छ । तर वास्तवमा जुनसुकै काम गरे पनि परिश्रमले कमाएको पसिना बगाएर बाचेको जिवन नै उत्कृष्ठ हो । नेपालमा भने आय आम्दामी ठिकै हुने बैधानिक भएपनि मैले त्यो काम गर्दा मलाई समाजले हेर्ने दृष्टिकोण हेपाहा हुन सक्छ भन्ने नै नराम्रो सोच हो । किन कपाल काट्ने नाइ बन्न हिचकिचाउछन युवाहरु जो बिदेश गएर त्यो भन्दा न्युन स्तरको काम रमाएर गर्छन । त्यसैले समाजले जे सुकै भनोस कानूनी रुपमा ठिक छ भने कुनै काम ठुलो र सानो राम्रो नराम्रो हुदैन मात्र दुख वा सुख र लाभ वा हानी मात्र हो ।
८ बिकासे सम्पत्तीको सुखी भन्दा आफ्नो खुसी ठुलो
बिदेश बसेर नेपाल फर्के पछी पहिलो मिस गर्ने अर्थात अभाव खड्कने भनेको उताको जस्तो सुख सुविधा र वातावरण यहा नदेखिनु नै हो । उताको त्यो बिकासले दिएको सुख र सम्पत्ती केवल उतैका लागि हो आफ्नो देशको माटोमा सपरिवार, समाज र सस्कृती नै ठुलो सम्पत्ती हो र बिकासे सुख भन्दा ठुलो बिशाल छ भन्ने सोच लिनु जरुरी छ । यो सोच आफ्नो मात्र भएर हुदैन आफ्ना परिवारका हरेक सदस्यको पनि यही सोच भएमा सुखी र खुसी दुवै यही मिल्छ ।
९ यर्थातमा मुखमा माड नभई मातृभूमीको नारा लाग्दैन्
जस्ले जे भने पनि मानिस स्वार्थी प्राणी हो पहिले उ आफु बाच्छ र परिवार बचाउन सक्छ अनी मात्र समाज र देश बनाउन सक्छ । त्यसैले यो धुर्वसत्यलाई नकार्दै मातृभुमीको नारा लाग्दैमा घरमा भात पाक्दैन । कहा रहेर के काम गरेर जिवन सार्थक हुन्छ भन्ने दोश्रो कुरा हो ।
१० मातृभूमीको माया नै स्वर्ग
जन्मे हुर्केको माटो र समाज सवैलाई प्यारो हुन्छ । जिवन जिउन सकिन्छ र समयानुकुल परिवर्तनलाई आफु अनुकुल ढाल्न सकिन्छ भने मातृभूमीको माया नै स्वर्ग हुन्छ । मातृभूमी भन्दैमा भोकै मर्न र परिवारको मन मार्न सकिदैन । बिदेश लाग्दा वा फर्कदा त्रिभुवन बिमान स्थलमा देशको भूमी ढोगेर हिड्ने पनि देखीन्छन र देशको भूमीलाई प्रतक्ष वा मनमनै थुकेर हिड्ने पनि भेटीन्छन । तर बिदेशी भूमीमा फरक भाषा, सस्कृती र नियम कानूनले थिचिएको वा दुख पाएको क्षण हरेक मानिसले मातृभुमीको माया अवस्य सम्झी रहन्छ । त्यो नै दीर्घकालिन नेपाल फर्केकाको सन्जिवनी बुटी हो ।