एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन: अमेरिका
प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार
अमेरिकाले नेपालको संविधान मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताभन्दा माथि रहेको जनाएको छ । नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाल संविधान नै माथि रहेको जवाफ फर्काएकी हुन् ।
मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे नेपाल सरकारबाट प्राप्त एकिकृत स्पष्टीकरण प्रश्नमा मिलेनियम च्यालेन्ज कर्पोरेशनका जवाफहरू
Responses by @MCCgov to consolidated clarification questions frm gov't of Nepal regarding the Millennium Challenge Compact
Full text: https://t.co/yelJNQbecE— U.S. Embassy Nepal (@USEmbassyNepal) September 8, 2021
नेपाल भ्रमणको पूर्व सन्ध्यामा नेपाल सरकारलाई पठाएको पत्रमा नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि रहेको जवाफ अमेरिकाले पठाएको हो । एमसिसीसँगको सम्झौताबारे राजनीतिक र जनस्तरमा उठेका प्रश्नबारे स्पष्ट गर्न सरकारले एमसिसी मुख्यालयलाई पत्राचार गरेको थियो ।
एमसिसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु रहेको एमसिसीले बताएको छ । पाँच वर्षको समयसीमा भित्रै परियोजना सम्पन्न गर्न सर्त आवश्यक रहेको भन्दै एमसिसीले अनुदान रकमको दुरुपयोग नभए रकम फिर्ता गर्नु नपर्ने स्पष्ट पारेको छ ।
जवाफको पूर्ण पाठ अँग्रेजी र नेपालीमा ।