मिसिगन विमान दुर्घटनामा एक्लै बाँच्न सफल भइन् ११ बर्षकी बालिका, अन्य सबैको मृत्यु


प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार

अमेरिकाको मिसिगनमा भएको कमर्सियल विमान दुर्घटनामा ११ बर्षकी बालिका एक्लै बाँच्न सफल भएकी छिन् । विमानमा चढेका अन्य ४ जनाको मृत्यु भएको छ । शनिबार लेक मिसिगनको वेभर आइल्याण्डमा विमान दुर्घटना भएको हो ।

वेल्के विमानस्थलतिर आउँदै गरेको उक्त विमान दुर्घटना हुँदा मिसिगनको उत्तरी प्रायद्वीप माथि रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बालिकाका पिता माइक पर्डयुको समेत ज्यान गएको छ ।

दुर्घटनामा यो जोडीले ज्यान गुमाएको छ ।

दुर्घटनामा घाइते बालिकालाई एयरलिफ्ट गरेर मिसिगनको पेटोस्कीमा रहेको म्याकलरेन अस्पतालमा लगिएको थियो । अस्पतालमा लैजाने क्रममा मेडिकल कर्मचारीहरुले बालिकालाई छातीमा कम्प्रेशन दिएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने दुईजना दम्पत्ति केट लिज र आदम केन्डल रहेका छन् । उनीहरु वाइनरी खोल्ने योजनामा रहेका थिए । ज्यान गुमाएका अर्का व्यक्ति विमानका चालक हुन् । दुईवटा इन्जिन भएको उक्त विमान के कारणले दुर्घटना भएको हो भन्नेबारे अझै स्पष्ट भएको छैन ।

कभर तस्वीर सांकेतिक मात्र हो ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com