४६ बर्षदेखि अमेरिकी सिनेटर रहेका ८१ बर्षीय पेट्रिक लेही अर्कोपटक चुनाव नलड्ने


प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार

अमेरिकाका बरिष्ठ डेमोक्रेटिक सिनेटर ८१ बर्षीय पेट्रिक लेही अर्कोपटक चुनाव नलड्ने भएका छन् । १९७४ को चुनावमा भर्मोन्टबाट सिनेटरमा पहिलोपटक विजयी भएका उनी त्यसयता अमेरिकी सिनेटरहका रुपमा रहदै आएका छन् ।

उनी अमेरिकी सिनेटमा दोश्रो उच्च दर्जामा रहेका छन् । अमेरिकी उपराष्ट्रपति सिनेटको अध्यक्ष हुने प्रावधान रहेकोमा पेट्रिक लेही सिनेटको अध्यक्ष पछिको पदका रुपमा रहेको अस्थायी अध्यक्ष (प्रो टेम्पोरी) रहेका छन् । उनी आगामी बर्ष हुने सिनेटको चुनावमा नउठ्ने घोषणा गरेका छन् । लेहीले सन् १९७४ मा पहिलो चुनावी अभियान घोषणा गरेको भर्मोन्टको स्टेट हाउसबाटै अर्को चुनावमा नउठ्ने घोषणा गरेका हुन् ।

सन् १९७९ मा पेट्रिक लेही

पेट्रिक लेही सबैभन्दा लामो समय अमेरिकी सिनेटमा सेवा गरेका पदासिन सिनेटर हुन् । उनी अमेरिकी सिनेटरका रुपमा रहेको ४६ बर्ष भइसकेको छ । ४६ बर्ष ९ महिना सिनेटर रहेका एडवार्ड केनेडी सन् २००९ मा र ४७ बर्ष ५ महिना सिनेटर रहेका स्ट्रोम थर्मोण्ड सन् २००३ मा सिनेटबाट रिटायर्ड भएका थिए ।

त्यस्तै सन् २०१२ मा रिटायर्ड डानियल इनौये ४९ बर्ष ११ महिना सिनेटर रहेका थिए भने सन् २०१० मा रिटायर्ड रोबर्ट बार्यड ५१ बर्ष ५ महिना सिनेटर रहेका थिए । अमेरिकी इतिहासमा लामो सबैभन्दा लामो समय सिनेटर रहनेमा पेट्रिक लेही पाँचौंमा रहेका छन् ।

सन् २००९ मा पेट्रिक लेही

दर्जामा अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति र हाउस स्पीकरपछि पेट्रिक लेही रहेका छन् । पेट्रिक लेही आगामी सिनेटको चुनाव नउठ्ने घोषणा गर्ने छैठौं सिनेटर हुन् । जसमध्ये ५ जना रिपब्लिकन हुन् भने लेहीमात्र डेमोक्र्याट्स हुन् । सन् २०२२ को चुनावमा रिपब्लिकनहरुले २० सिटको लागि र डेमोक्र्याट्सहरुले १४ सिटका लागि बचाउ गर्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com