मिसिगनको हाइस्कुलमा गोली चल्दा ३ को मृत्यु, ८ घाइते, १५ बर्षका बन्दुकधारी विद्यार्थी हिराशतमा


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गोली चलाउने १५ बर्षका बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय समय अनुशार दिउसो १२ बजेर ५१ मिनेटमा गोली चलाइएको थियो । गोली चलाउने विद्यार्थीले ह्याण्डगन प्रयोग गरेको जनाइएको छ । मृत्यु हुनेमा १६ बर्षका छात्र, १४ र १७ बर्षका छात्राहरु रहेका छन् ।

घाइते ८ जनामा एकजना शिक्षक र ७ जना विद्यार्थीहरु रहेका छन् । उनीहरुलाई उपचारका लागि तीनवटा अस्पतालहरुमा भर्ना गरिएको छ । घाइतेमध्ये ६ जनाको अवस्था स्थीर रहेको जनाइएको छ । दुईजना घाइतेको भने सर्जरी गर्नुपरेको छ ।

अक्सफोर्ड कम्युनिटी विद्यालय साताभरका लागि बन्द गरिएको छ । घटनास्थलमा १५ देखि २० राउण्डसम्म गोली चलेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com