अमेरिकाले नेपाललाई कोभ्याक्स मार्फत दियो थप ६ लाख ६४ हजार ५६० फाइजर खोप


प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार

आज अमेरिकी सरकारले थप ६ लाख ६४ हजार ५६० डोज कोरोनाबिरुद्धको फाइजर खोप कोभ्याक्स मार्फत नेपाललाई उपलब्ध गराएको छ। यी खोपहरू नेपालका विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइने जनाइएको छ।

विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभीड १९ बाट सुरक्षित राख्नको लागि १२देखि १७ बर्षको उमेर समूहको यो खोपले निकै महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी दूतावास काठमाडौंको विश्वास छ ।

सवै मिलेर कोरोना भाईरसलाई परास्त गर्न निरन्तर कार्य गरिरहने अमेरिकी सरकारले प्रतिवद्धता जनाएको छ ।

अक्टोबरको अन्तिम साता पनि नेपाल सरकारलाई अमेरिकी सरकारले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो । उक्त खोप नोभेम्बरको दोश्रो सातादेखि दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई दिइएको थियो ।

फाइजर खोप लामो समयका लागि ८० डिग्री सेल्सियसमा राख्नुपर्ने भए पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा समेत राख्न सकिन्छ ।

यो खोप २१ दिनको अन्तरमा २ डोज लगाउनुपर्छ । प्रतिरोध क्षमता कमजोर भएकाहरुले दोश्रो डोज लगाएको २८ दिनपछि तेश्रो डोज लगाउन सक्छन् । अन्य व्यक्तिले दोश्रो डोज लगाएको कम्तीमा ६ महिनापछि तेश्रो बुस्टर डोज लगाउन सक्छन् ।

गत बर्षको डिसेम्बरमा प्रयोगका लागि आपतकालिन अनुमति पाएको यो खोपले गत अगस्त २३ मा एफडीएबाट प्रयोगका लागि पूर्णरुपमा अनुमति प्राप्त गरेको हो ।

कस्ले लगाउन हुँदैन यो भ्याक्सिन ?

एलर्जिक प्रतिकृया हुनेहरुले यो खोप लगाउन हुँदैन । गम्भिर प्रकारको वा सामान्य प्रकारको एलर्जिक प्रतिकृया हुनेहरुले पनि यो खोप लगाउन नहुने अमेरिकन सीडीसीले जनाएको छ ।

त्यस्तै पहिलो डोज लगाउँदा एलर्जिक प्रतिकृया देखिएकाहरुलाई पनि यो भ्याक्सिनको दोश्रो डोज नलगाउन सिफारिस गरिएको छ । त्यस्तो एलर्जिक प्रतिकृया एपिनेफ्रिन वा एपिपेनबाट उपचार गर्न सकिने सीडीसीले जनाएको छ । गम्भिर प्रकारको साइड इफेक्ट भएमा तत्काल स्वास्थ्य सहायता खोज्नुपर्छ ।

खोप लगाएको ४ घण्टाभित्र सुन्निने, स्वास फेर्न गाह्रो हुने, फोका उठ्ने लगायतका समस्याहरु देखिएमा तत्काल एलर्जिक प्रतिकृया भएको सम्झनुपर्छ । फाइजर भ्याक्सिन लगाउन नसक्नेहरु अन्य प्रकारका भ्याक्सिन लगाउन भने योग्य हुनसक्छन् ।

कस्ता साइड इफेक्ट सामान्य ?

भ्याक्सिन लगाएको पाखुरामा दुख्ने, रातो हुने, हल्लका सुन्निने सामान्य प्रकारका साइड इफेक्टहरु हुन् । त्यस्तै थकान अनुभव हुने, टाउको दुख्ने मांशपेशी दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जाडो अनुभव हुने लगायतका साइड इफेक्ट पनि देखिन सक्छन् ।

भ्याक्सिन लगाएको एकदेखि दुईदिनसम्म त्यस्ता साइड इफेक्ट देखिन सक्छन् । यस्ता साइड इफेक्टको अर्थ शरीरले संरक्षण निर्माण गरिरहेको संकेत रहेको र केहीदिनमा आफै हराउने सीडीसीले जनाएको छ ।

भ्याक्सिन कति प्रभावकारी ?

१६ बर्षभन्दा माथिका व्यक्तिमा यो भ्याक्सिन पुष्टी भएको कोरोना संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको छ । पहिले संक्रमण भएको कुनै प्रमाण नभएका र भ्याक्सिनको दुबै डोज लगाएकाहरुमा यो भ्याक्सिन संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी पाइएको हो ।

१२ देखि १५ बर्षका व्यक्तिमा पनि यो भ्याक्सिन उच्च प्रभावकारी रहेको छ । १२ देखि १५ बर्षका व्यक्तिमा पनि १६ बर्षदेखि २५ बर्षसम्ममा व्यक्तिमा जत्ति नै प्रतिरोध प्रणाली विकाश गर्न भ्याक्सिन प्रभावकारी रहेको पाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com